• इन्स्टाग्राममा अब ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सकिने

    सोशल नेटवर्किंग एप इन्स्टाग्राम (Instagram) ले अब भिडियो पोस्टको लम्बाई अवधिलाई बढाएको छ । कम्पनीले भिडियो पोस्ट सेगमेन्टमा परिवर्तन गर्दै अब प्रयोगकर्ताले ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सक्ने बनाएको छ ।

  • गूगल प्ले स्टोरका आईकनहरु अब नयाँ डिजाइनमा

    गूगलले गूगल प्लेमा भएका विभिन्न एप्सको डिजाइन लूक्स परिवर्तन गरेको छ । गूगलले प्ले स्टोरमा भएका सबै एप्सलाई नयाँ र आकर्षक तरिकाको बनाएको छ । गूगलले परिवर्तन गरेका नयाँ डिजाइनका एप्स मंगलवारदेखि नै प्ले स्टोरमा अपडेट भइसकेका छन् । यदि तपाईँले गूगल प्ले एपलाई अपडेट गर्नुभयो भने नयाँ एप्स डिजाइन देखिनेछन् ।

  • फेसबुक म्यासेन्जरमा ग्रुप कलिंग फीचर, एकैपटक ५० जनासँग कुराकानी गर्न सकिने

    सोसल नेटवर्किंग साइट फेसबुकले म्यासेन्जरमा ग्रुप कलिंग फीचर सार्वजनिक गरेको छ । यो फीचरको प्रयोगबाट एकै पटक धेरै व्यक्तिसँग कुराकानी गर्न सकिन्छ । विश्वको सबैभन्दा ठूलो सोशल नेटवर्किंग साइट फेसबुकले विश्वभर एन्ड्रोयड तथा आईओएसमा निशुल्क प्रयोग गर्न सकिनेगरी ग्रुप कलिंग फीचर सार्वजनिक गरेको हो । यो फीचर आगामी २४ घण्टाभित्र विश्वभर जारी गरिने बताईएको छ ।

  • सामसुंगले ३६० डिग्री एंगलमा फोटो खिच्ने क्यामरा ल्यायो, 'गियर ३६०' ले सेल्फी पनि खिच्ने

    सामसुंगले आफ्नो पूर्व निर्धारित समय अनुसार नै गियर ३६० क्यामरा (Gear 360 Camera) सार्वजनिक गरेको छ । यो गियर ३६० क्यामरा यो वर्षको मोबाइल वल्र्ड कंग्रेसमा घोषणा गरिएको थियो । यो गियर ३६० क्यामरा हाल कम्पनीको गृह देश दक्षिण कोरियामा खरिदका लागि उपलब्ध रहेको छ । सामसुंगको गियर ३६० क्यामरा हाल अनलाइनमा लिस्टेड भएपनि यो छिटै अन्य स्टोरहरुमा पनि उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

  • ढुंगा वा ईँटामा झर्दा पनि नफुट्ने स्मार्टफोन 'डिवाल्ट एमडि५०१'

    स्मार्टफोन झरेपछि फुट्ने वा पानीमा झर्दा बिग्रने चिन्ता भएका स्मार्टफोन प्रयोगकर्ताको चिन्ता अब हट्ने भएको छ । विशेष गरी उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने मजदूरहरुका लागि ब्रिटेनको एक कम्पनीले 'टफ फोन' निर्माण गरेको छ । निर्माण सामाग्रीहरु उत्पादन गर्ने कम्पनी डिवाल्टले (DeWALT) पानीमा झर्दा वा कंक्रीटमा झर्दा पनि केहि नहुने स्मार्टफोन एमडि ५०१ (MD501) सार्वजनिक गरेको छ ।

  • बालबालिकाका लागि शिओमीको 'एमआई बन्नी' स्मार्टवाच, मोबाइलमा अलर्ट पठाउन सकिने

    पछिल्ला दिनहरुमा विश्व बजारमा स्मार्टवाचको प्रयोग निकै हुन थालेको छ भने प्रयोगकर्ताहरुले आफ्नो चाहनाअनुसारको स्मार्टवाचको माग गर्न थालेका छन् । यहि विषयलाई ध्यानमा दिएर शिओमीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । शिओमीले सार्वजनिक गरेको यो स्मार्टवाच भने निकै सस्तो रहेको छ । यसको मूल्य केबल २९९ चीनियाँ यूआन अर्थात करिब ४६ अमेरिकी डलर तोकिएको छ ।

  • आँखाले देखेकाे सबै कुरा खिच्ने सोनीको कन्ट्याक्ट लेन्स, तस्विर र भिडियो दुबै रेकर्ड हुने

    सोनीले विशेष प्रविधियुक्त कन्ट्याक्ट लेन्सको लागि नयाँ प्याटेन्ट दर्ता गरेको छ । जापानी कम्पनीले सामान्य आँखा झिम्क्याउँदा भिडियो तथा तस्विर रेकर्ड गर्ने प्रविधिसहितको कन्ट्याक्ट लेन्सको प्याटेन्ट दर्ता गरेको हो । सोनीले दर्ता गरेको कन्ट्याक्ट लेन्सले रेकर्ड गरेको भिडियो तथा ईमेज खिच्ने मात्र नभई यसलाई त्यहिँ व्यवस्थित पनि गर्दछ ।

ताजा समाचार

ट्याबलेट

स्मार्ट फोन

अन्तर्वार्ता

आईसिटीको विकास गर्न नेपाली ब्राण्ड बनाउनु जरुरी छः विश्वास ढकाल, अध्यक्ष, एफ वान सफ्ट

काठमाडौं । नेपालको सूचना, संचार तथा प्रविधि (आईसिटी) को क्षेत्रलाई अन्य विकसित मुलुकहरुको तुलनामा निकै ...

Read More »

एप्स

बजेट फोन

ल्यापटप

इलेक्ट्रोनिक अप्लायन्सेज

हट न्युज

ग्लामर

फोटो फिचर
[nano-slider]

Scrolling Box

Best Reviews