बालबालिकाका लागि शिओमीको ‘एमआई बन्नी’ स्मार्टवाच, मोबाइलमा अलर्ट पठाउन सकिने

काठमाडौं, १९ वैशाख । पछिल्ला दिनहरुमा विश्व बजारमा स्मार्टवाचको प्रयोग निकै हुन थालेको छ भने प्रयोगकर्ताहरुले आफ्नो चाहनाअनुसारको स्मार्टवाचको माग गर्न थालेका छन् । यहि विषयलाई ध्यानमा दिएर शिओमीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ ।

शिओमीले सार्वजनिक गरेको यो स्मार्टवाच भने निकै सस्तो रहेको छ । यसको मूल्य केबल २९९ चीनियाँ यूआन अर्थात करिब ४६ अमेरिकी डलर तोकिएको छ ।

तपाईँलाई यति सस्तो स्मार्टवाच बजारमा आयो भन्दा छक्क पर्नु भयो होला वा खरिद गर्ने ईच्छा भयो होला । तर यो तपाईको लागि पूर्ण प्रविधिसहितको स्मार्टवाच भने होईन् । यो त बालबालिकाहरुको लागि बनाईएको विशेष स्मार्टवाच हो ।

शिओमीले पहिलो पटक बालबालिकालाई ध्यानमा राखेर एमआई बन्नी नामक स्मार्टवाच सार्वजनिक गरेको हो । यो डिभाइसमा कनेक्टिभिटीका लागि वाईफाई तथा ब्लूटूथ राखिएको छ भने साथमा जीपीएस ग्लोनास ट्रयाकिंग पनि समावेश छ ।13

यो स्मार्टवाचमा एसओएस बटन प्रेसिंग फीचर छ जसले यो डिभाइस भएको स्थानको जीपीएस लोकेसन तथा केहि सेकेण्डको अडियो रेकर्ड पनि साथै पठाउँछ । यो प्रयोग गर्ने बालबालिकाले केबल एउटा बटन थिचेपछि त्यस स्थानको बारेमा अभिभावकको मोबाइलमा जानकारी दिन्छ ।

बालबालिकाको लागि ल्याएको मिथू वाच पनि भनिने यो स्मार्टवाच लगाएका बालबालिका निश्चित दूरी भन्दा बाहिरको घेरामा गएमा तत्काल अलर्ट अभिभावकहरुलाई अलर्ट दिन्छ ।

यसमा भ्वाइल कल गर्न सक्ने क्षमता पनि छ जुन कम्पनीबाट नै प्रि लोडेड प्रिपेड सिम कार्डको साथमा किन्न सकिन्छ ।

शिओमीको एमआई बन्नी स्मार्टवाच एन्ड्रोयड ४.२ भर्सन भन्दा माथिको स्मार्टफोनसँग कम्प्याटिबल रहेको छ ।

एमआई बन्नी स्मार्टवाच प्लास्टिकद्धारा बनाईएको छ भने यसमा सिलिकनको फित्ता राखिएको छ । यो स्मार्टवाचमा ३०० एमएएचको ब्याट्री छ, जसले ६ दिनको स्ट्याण्डबाई दिने कम्पनीको दाबी छ ।

यो स्मार्टवार्चमा १२ जना परिवारका सदस्यहरुको नम्बर राख्न सकिन्छ भने गलत फोन कलहरुलाई रोक्न तथा जानकारी पनि हासिल गर्न सकिन्छ ।

यो एमआई बन्नी वाच लाइफ वाटरप्रुफ छ भने यसमा कल ब्याक, रिमोट मनिटरिंग, रेगुलर अलार्म क्लक, फाइण्ड वाचेज लगायतका फीचर छन् ।

बालबालिकाका लागि बनाईएको यो स्मार्टवाच हाल चीनमा मात्र उपलब्ध छ ।

माध्यम  स्रोत