उत्कृष्ट दस स्मार्टफोन

काठमाडौं, (एजेन्सीहरु), १८ साउन । प्रविधिमा रमाउनेहरुका लागि अत्याधुनिक फोन बोक्ने रहर अब नौलो रहेन। बरुमहिनैपिच्छे बजारमा आउने अत्याधुनिक स्मार्टफोन मध्ये कुन छान्ने उपभोक्तालाई गाह्रो परिरहेको हुन्छ।

टेकराडार वेवसाइटले दस स्मार्टफोनका मोडललाई अहिलेको उत्कृष्ट दस स्मार्टफोन भनी वर्गीकरण गरेको छ। दसौं स्थानमा सामसङ ग्यालेक्सी एस फोर, नवौं स्थानमा मोटोरोलाको मोटो जी, आठौं स्थानमा एचटिसी वन, सातौ स्थानमा आइफोन फाइभ एस र छैठौं स्थानमा सोनीको एक्सपेरिया जेड वन कम्प्याक्ट छ। शीर्ष पाँच स्थानमा रहेका स्मार्टफोनहरु भने क्रमश गुगल नेक्सस फाइभ, एलजी जिटु , सासमङ ग्यालेक्सी एस फाइभ, सोनि एक्सपेरिया जेड टु छ भने पहिलो स्थानमा एचटिसी वान एमएट रहेको छ।

गुगल रएलजी कम्पनीले संयुक्त रुपमा विकास गरेको गुगल नेक्सस फाइभ पाँच इन्चकोस्त्रि्कन भएको फोन हो। एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोन गुगल नेक्सस फोर पछि आएको हो। नेक्सस फाइभ कालो र सेतो रंगमा उपलब्ध छ। १६ र ३२ जिबीमा उपलब्ध यो फोन गुगलप्ले मार्फत छानिएका देशमाकिन्न सकिन्छ।

एलजी जिटु एलजी इलेक्ट्रोनिक्सले एलजीको अप्टिमस जी स्मार्टफोन र अप्टिमस जिप्रो फ्याब्लेटपछि ल्याएको अत्याधुनिक स्मार्टफोनहो। यो फोनमा एन्ड्रोइडको ४.२.२ जेली बिन अपरेटिङ सिस्टम राखिएको छ। ५.२इन्चको स्त्रि्कन राखिएको यसमा १३ मेगापिक्सेलको क्यामेरा राखिएको छ।

इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालिले सामसङ ग्यालेक्सी एस फाइभ गत महिना मात्रैनेपालमा सार्वजनिक गरेको हो। यसमा एन्ड्रोइड अपरेटिङ सिस्टम छ। गत वर्ष विश्वबजारमा आएको ग्यालेक्सी एस फोरको नयाँ रुपमा एस फाइभ अप्रिल २०१४ मा संसारका १ सय ५० देशमा सार्वजनिक गरिएको थियो। एस फोरको तुलनामा एस फाइभमासुधारिएको मोबाइलको बडी, पानी र धुलो निरोधक क्षमता, औंठा छाप प्राइभेटमोड, मुटुको धड्कन नाप्ने मनिटर र अद्यावधिक गरिएको क्यामेरा राखिएको छ।५.१ इन्चको स्त्रि्कन रहेको ग्यालेक्सी एस फाइभमा १६ मेगा पिक्सेलकोक्यामेरा छ।

सोनी एक्सपेरिया जेड टु एन्ड्रोइड स्मार्ट फोन हो। ‘सिरिउस’ भनी कोड नाम दिइएको एक्सेरिया जेड टु सोनीले एक्सपेरिया जेड वनकोपरिमार्जित संस्करणको रुपमा बजारमा ल्याएको छ। पानी र धुलोले विगार्न नसक्ने यो स्मार्टफोनले फोर के आकार र गुणस्तरमा भिडियो खिच्न सक्छ। योएचडी भन्दा राम्रो भिडियो प्रविधि हो। यो महिना मात्र धेरै बजारमा भित्रिएको यो फोनको स्त्रि्कन आकार ५.२ इन्चको छ भने यसमा २०.७ मेगा पिक्सेलको क्यामेरा छ।

दोस्रो पुस्ताको एचटिसी वन वा अल न्यु एचटिसीवनको रुपमा समेत लिइएको एचटिसी वन एमएट एचटिसी कम्पनीले निर्माण गरी बजारमाल्याएको एन्ड्रोइड स्मार्टफोन हो। गत मार्च महिनामा बजारमा ल्याइएको योमोबाइल एचटिसी वनको पहिलो पुस्ताकै डिजाइनमा आएको भए पनि यसमा ५ इन्चको१०८० पीको डिस्प्ले छ भने क्वाडकोर क्वालकम स्न्यापड्रागन ८०१ प्रोसेसर छ। यसको क्यामेरामा भएको डेप्थअफ फिल्ड सेन्सरले खिचिएको फोटो अन्य स्मार्टफोनबाट खिचिएको फोटोको तुलनामा गुणस्तरीय हुने गरेको कम्पनीको दाबी छ । यसकोअन्तर्राष्ट्रिय बजार मूल्य ६९९ अमेरिकी डलर रहेको छ।

टेलिटक प्रालिले एचटिसीवान नेपाली बजारमा ल्याउने गरेको छ भने सामसङका मोडलहरु इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालिले भित्र्याउँछ। सोनी ब्रान्डका स्मार्टफोनहरु नेपा हिमा ट्रेड लिंकले ल्याउने गरेको छ। गुगल नेक्सस फाइभलाई मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नेपाली बजारमा ल्याउने भएको छ। एलजीले उत्पादनगरेको गुगल नेक्सस फाइभ अहिले विश्व बजारमा धेरै रुचाइएको मोबाइल सेट हो। नागरिकबाट साभार