टेलिटक र जियोनीबिच सम्झौता

काठमाडौं, २८ साउन । मोबाइल वितरक कम्पनी टेलिटकसंगको साझेदारीमा जियोनी मोबाइल कम्पनिले आफ्ना उत्पादनहरु नेपाल भित्र्याउने भएको छ । कम्पनिले टेलिटकसँग बुधवार एक कार्यक्रमकाबिच नेपालका लागि जियोनी ब्राण्डका मोबाइल बिक्री गर्ने सम्झौता गरेको छ । भारतमा राम्रो अनुभव बटुलेको जियोनीले नेपालमा ५ वटा विभिन्न मोडलको स्मार्ट फोन र २ फिचर फोन बजारमा ल्याउने  जानकारी दिईयो ।

विश्वको सबैभन्दा पातलो मोबाइल ElifeS5.5 सेट पनि नेपाली बजारमा चाँडै बिक्रीमा ल्याइने कम्पनिका प्रबन्ध निर्देशक रोहित गुप्ताले जानकारी दिए । टेलिटकसँगको साझेदारीमा जियोनी मोबाइलले नेपालमा एक वर्षमै उत्कृष्ट तीनको रुपमा आउने र २ वर्षमा पहिलो हुने लक्ष्य लिएको छ ।

सन २००२मा स्थापना भएको जियोनीले भारत, युरोप, ल्याटिन् अमेरिका, अफ्रिका र मध्यपूर्वका ४० राष्ट्रमा वार्षिक २ करोड ५० लाख ह्याण्डसेट बिक्री गर्दै आएको जानकारी समेत दिएको छ ।