Tag Archives: Nepal Telecom

प्रविधि प्रतिस्थापन गर्दै टेलिकम, भ्वाइस र डाटा दुवै सेवा उपलब्ध गराउने

काठमाडौं, १२ मंसिर । नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको जनाएको छ । हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बिटिएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन ...

Read More »

नेपाल टेलिकमले भन्यो- यस्तो नम्बरबाट फोन आए नउठाउनुस्

काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले कुनैपनि अपरिचत नम्बरबाट आएका फोन कल नउठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । टेलिकमले सेवाग्राहीहरुलाई एसएमएस पठाएर नै अपरिचित नम्बरबाट फोन आएमा नउठाउन अनुरोध गरेको हो । पछिल्लो समयमा अननोन, नो कलर अाइडी, ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने र रकम माग गर्ने क्रम बढेपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको हो ...

Read More »

हिमाली क्षेत्रका अति दुर्गम स्थानमा टेलिकमको सेवा सञ्चालन

काठमाडौं, २६ कात्तिक । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट (NTSAT) मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती स्थानहरुमा केही हप्ता अघि देखि सेवा सञ्चालनमा ल्याउन शुरु ...

Read More »

टेलिकमको सेवाहरुमा थप ३ महिनासम्म छुट, डाटादेखि भ्वाइस प्याकसम्म

काठमाडौं, २२ कात्तिक । नेपाल टेलिकमले ग्राहकलाई समय/समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले जानकारी दिएको छ । यस्ता छन् टेलिकमका प्रमोसनल अफरहरु- १. अल टाइम डाटा प्याकेज ...

Read More »

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका दुर्गम स्थानमा टेलिकमको मोबाइल सेवा

काठमाडौं, २० कात्तिक । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कात्तिक १९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा ...

Read More »

नेपाल टेलिकमको निशुल्क इन्टरनेट यी जिल्लाहरुमा चलाउन पार्इने

काठमाडौं, १९ कात्तिक । नेपाल टेलिकमले यही कात्तिक १४ गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधिमार्फत सो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो । हालसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, ...

Read More »

नेपाल टेलिकमको रिचार्जमा १० प्रतिशत बोनस, डाटामा पनि छुटैछुट(हेरौं अफरहरु)

काठमाडौं, ३१ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । कम्पनीले तिहार तथा छठको अवसरमा कात्तिक १ गते बुधवारदेखि कात्तिक १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले आफ्ना सबैजसो सेवाहरुमा ग्राहकलाई विभिन्न किसिमका छुटहरु दिएको छ । कुन सेवामा के छुट छ ...

Read More »

नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र संचालनमा

काठमाडौं, २७ असोज । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुक्रबारदेखि शुरु भएको छ । सो केन्द्र सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले एक कार्यक्रमका बीच शुभारम्भ गरे । राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पु¥याउने विश्वास ब्यक्त गरे । उनले ...

Read More »

नेपाल टेलिकमको सेवाहरुमा छुटैछुट, रिचार्जमा बोनसदेखि फोरजी सिम साट्न पाईने अफर

काठमाडौं, ४ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा विभिन्न किसिमको छुट दिएको छ । कम्पनीले रिचार्जमा बोनसदेखि फोरजी सिम निशुल्क साट्न पाईने सम्मको अफर सार्वजनिक गरेको छ । कम्पनीले दिने विभिन्न किसिमका अफरहरु यस्ता छन् । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गते देखी १० गते ...

Read More »

लाइभ टिभी तथा भिडियो स्ट्रिमिङ अब मोबाइल एपबाटै, टेलिकमले ल्यायो ‘वाउटाइम’ एप

काठमाडौं, ३ असोज । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मंगलवारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत लाइभ टिभी, मुभी ...

Read More »