भारतीय ‘यू’ ब्राण्ड नेपाल आउँदै, ‘यूनिकोर्न’ स्मार्टफोन अनलाइनमा मात्रै

काठमाडौं, ९ मंसिर । नेपाली बजारमा नयाँ स्मार्टफोन ब्राण्ड आउने क्रम जारी रहेको छ । एक साताभित्रै केहि नयाँ स्मार्टफोन ब्राण्डहरु आउने क्रममा भारतीय ब्राण्ड यू (YU) नेपाल आउन लागेको छ ।

भारतमा माइक्रोम्याक्सले शुरु गरेको सहायक ब्राण्ड ‘यू’ले नेपाली बजारमा विभिन्न मोडलहरु सार्वजनिक गर्न लागेको छ ।

भारतमा ठूला स्मार्टफोन निर्माता मध्येको एक, माइक्रोम्याक्स इन्र्फम्याटिक्स प्रालिको सहायक कम्पनी यू टेलिभेन्चर्सले (YU Televenture) यूनिकोर्न मोबाइल फोन नेपालमा ल्याउन लागेको कम्पनीसँग नजिक रहेको स्रोतले जानकारी दिएको छ । संभवत याे फाेन अाजभाेलीमा नै अाउनसक्ने छ तर पनि स्पष्ट जानकारी अाइसकेकाे छैन् ।

यू यूनिकोर्न स्मार्टफोन (YU Yunicorn)

यूनिकोर्न स्मार्टफोन यू ब्राण्डमा आउने आकर्षक डिजाइन र लूक्स भएको स्टायलिस फोन हो । यो फोनमा ५.५ इन्चको फूल एचडी स्क्रीन रहेको छ जून २.५ डी ग्लाससहित आउँछ । यो पूरै मेटल बडी निर्मित रहेको छ, जून गोल्डेन र सिल्भर कलरमा आउँछ ।

यूनिकोर्नमा मिडियाटेक हेलियो पी १० अक्टा कोर प्रोसेसरका राखिएको छ भने ४ जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज रहेकोछ जसलाई बढाउन सकिन्छ ।yunicorn-phone

फोटोका लागि यसमा १३ मेगापिक्सेल अटो फोकस रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यसको रियर क्यामराले अल्ट्रा हाई डेफिनिसन भिडियो रेकर्डिग गर्न सकिने कम्पनीको भनाई छ ।

यसमा फिंगरप्रिन्ट रहेको छ भने ४,००० एमएएच ब्याट्री राखिएको छ, जसले ४ दिनसम्म पुरै फोन प्रयोग गर्न सकिने कम्पनीको भनाई छ । यो फोन एन्ड्रोयडको ललिपप ५.१.१ भर्सनमा संचालन हुन्छ जून अपरेटिंग सिस्टम अहिलेको लागि पुरानो भइसकेको छ र बजारमा सस्ता फोनहरु पनि मार्शमाल्लो ६.० भर्सनमा आधारित भएर आइरहेका छन् ।

माइक्रोम्याक्सको सहायक ब्राण्ड यूको यूनिकोर्न स्मार्टफोन ईकमर्श केमूमा विशेषरुपमा उपलब्ध हुने र केमूमा (Kaymu) भोलिदेखि शुरु हुने ब्ल्याक फ्राइडेमा विशेष मूल्यमा उपलब्ध हुने बताईएको छ । तर यसको बारेमा अझै स्पष्ट जानकारी आइसकेको छैन् ।

यो फोनको मूल्य कति हुन्छ भन्ने हालसम्म जानकारी छैन् । भारतीय बजारमा भने यो फोनको मूल्य भारु. १२,००० रहेको छ । यसको बारेमा थप बुझ्न खोज्दा आधिकारिक व्यक्तिसँग सम्पर्क हुन सकेन, थप नयाँ कुरा आएमा हामी फेरी जानकारी दिनेछौं ।