बलिउड सुपरस्टार शाहरुख खान नेपाल आउने

काठमाडौं, २३ साउन । भारतीय बलिउड सुपर स्टार शाहरुख खान नेपाल आउने भएका छन् । कान्साई नेरोल्याक पेन्टस्ले ब्राण्ड एम्वेसडर तथा बलिउडका सुपर स्टार शाहरुख खानलाई नेपाल भित्र्याउने कार्यक्रमसहित ‘Dance with Don offer’ अघि सारेको छ ।

शाहरुख खानसँग भेट गराउने उक्त योजनाअन्तर्गत प्रत्येक २५,००० रुपैंयाको पेन्टस् खरिदमा एउटा स्क्य्राच कार्ड प्राप्त गर्न सकिने छ । उक्त कार्डलाई स्क्य्राच गरी विभिन्न उपहारहरु लेड टिभी, फ्रिज, मोबाइल, घडी तथा शाहरुख खानको हस्ताक्षर भएको पेनहरु प्राप्त गर्न सकिने कम्पनिले विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

साथै बम्पर योजनाको लागि स्क्य्राच कार्डमा रहेको कोेड नं. लाई आफ्नो मोवाइलको मेसेज बक्समा गई KNP_Code No. टाइप गरी 4555 मा एसएमएस गरी शाहरुख खानलाई भेट्ने अवसर प्राप्त गर्न सकिने कम्पनिका कन्ट्रि हेड सत्य प्रकाशले जानकारी दिए । यस योजना अन्र्तगत शाहरुख खानको विषेश प्रस्तुतीसहितको कार्यक्रममा एसएमएसका विजेताहरुलाई आमन्त्रीत गरिने बताईएको छ ।

विहिवारदेखि शुरु भएको उक्त अफर योजना कार्तिक मसान्तसम्म संचालन गरिने कम्पनिका कन्ट्रि हेडले जानकारी दिए । उक्त अफर योजनामा प्रत्येक महिना विभिन्न क्षेत्रबाट १० जनाको दरले कम्तीमा ४० जना विजेताहरु छनौट गर्ने कम्पनिले जनाएको छ ।