यस्तो छ सामसंगको नोटबुक ९, ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिने

काठमाडौं, २ पुस । सामसंगले केहि दिनअघि आफ्नो नयाँ टू इन वान डिभाइस सार्वजनिक गरेको छ । पेनका साथमा आउोन सो डिभाइस जसलाई कम्पनीले नोटबुक ९ नामाकरण गरेको छ । यसको तीनवटा संस्करणहरु बजारमा उपलब्ध हुनेछन् ।

यी नोटबुकहरु आगामी जनवरीमा आयोजना हुने कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१८ मा सार्वजनिकरुपमा देखाईने छ ।

नयाँ टु ईन वान ल्यापटपमा सामसंगले म्याग्नेसियम अलोए चेसिसको प्रयोग गरेको छ, जून मेटल भन्दा ससक्त हुन्छ । यसमा ३६० डिग्रीको एंगल भ्यू दिनसक्दछ, जसले गर्दा यसलाई ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको तौंल ९९५ ग्राम छ भने यसको मोटाई १६.५ मिलिमिटरसम्मको छ ।

नोटबुकमा १३.३ इन्चको फूलएचडी डिस्प्ले छ भने इन्टेल कोर आइ सेभेन आठौं पुस्ताको प्रोसेसर प्रयोग गरिएको छ । यसमा इन्टेलको ग्राफिक्स प्रयोग गरिएको छ भने १६ जीबीको र्याम राखिएको छ । यो ल्यापटप ५१२ जीबीसम्मको स्टोरेजमा उपलब्ध हुनेछ ।

कनेक्सनका लागि यसमा यूएसबी सी पोर्ट, यूएसबी ३.०, एचडीएमआई, यूएसडी कार्ड स्लट, हेडफोन ज्याकलगायतका फीचरहरु दिईएको छ ।

विण्डोज १० राखिएको नोटबुक ९ को फ्रन्ट क्यामराले विण्डोज हेलोको माध्यमबाट फेसिएल औथेन्टिकेसन सपोर्ट गर्दछ । यसमा ०.७ मिलिमिटरको एस पेन समेत राखिएको छ ।

सामसंगको नोटबुकमा ३९ वाटआवरको ब्याट्री ब्याकअप रहेको छ ।

यसका साथै कम्पनीले दुईवटा स्क्रीन साइजमा नोटबुक ९ को २०१८ संस्करण पनि सार्वजनिक गरेको छ ।

सामसंगका यी नोटबुकहरु सबैभन्दा पहिले दक्षिण कोरियामा उपलब्ध हुनेछन् । यसको मूल्य कति भन्ने अझैसम्म सार्वजनिक भएको छैन् । सायद सिईएस २०१८ मा यसको बारेमा बिस्तृत जानकारी आउनेछ ।

माध्यम