सामसङको फोरजी फोन किन्नुस्, सामसङकै होम अप्लाइन्स घर लैजानुस्

काठमाडौं, २१ भदौ । सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै ‘उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग’ योजना प्रस्तुत गरेको छ ।

सो योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने कम्पनीले जानकारी दिएको छ । यहि भदौ १६ गतेदेखि कात्तिक १ गतेसम्म लागु हुने योजनामा भाग्यशाली बिजेता भदौ २२ गतेदेखि असोज १० गतेसम्म र असोज १८ गतेदेखि कात्तिक १ गतेसम्म लगातार ३५ दिनसम्म छनौट गरिने बताइएको छ ।

दैनिक एकजनाका दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसङ होम अप्लाइन्सहरु घर लैजाने अवसर प्राप्त गर्ने कम्पनीको दाबी छ । यस्तो उपहारमा ४० इन्चको स्मार्ट टिभी, डबल डोर रेफ्रिजेरेटर, पूर्ण अटोमेटिक फ्रन्टलोड वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा भ्याक्युम क्लिनर छन् ।

यसरी हुनुहोस् योजनामा सहभागी

योजनामा सहभागी हुन मोबाइलको मेसेजमा गई सामसङ SAMSUNG टाइप गरी स्पेस दिई नयाँ फोरजी मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ । एसएमएस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाटै ग्राहकलाई दिइने छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ ।

लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज facebook.com/samsungMobileNP मा बेलुका प्रत्यक्ष प्रसारण गरी देखाइने जानकारी दिएको छ ।

लक्की ड्रको अतिरिक्त १ सय वा १ हजारको पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुनेछ ।

साथै, थ्रीजी मोडेलका सामसङ ग्यालेक्सी जे वान नेक्स्ट प्राइम, जे टू, जे वान एसका ग्राहकहले प्रबर्धनात्मक एनसेल डाटा प्याक १२ सय एमबी (१२ हप्ताको लागि साताको १ सय एमबी) डाटा प्याक प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरुले एनसेल (Ncell) टाइप गरी १७१०० मा म्यासेस पठाउनु पर्ने कम्पनीले जनाएको छ ।