ड्यूल रियर क्यामेरा भएको बजेट स्मार्टफोन ‘ओटो फ्रान्क ड्यूल’ बजारमा

काठमाडौं, १० मंसिर । ओटो फोन्सले हालै बजारमा फ्रान्क सिरीजको पहिलो फोन ओटो फ्रान्क ड्यूल (Otto Frank Dual) बजारमा ल्याएको छ।

ओटो फोंन्सको लागि नेपालको एकमात्र आधिकारीक विक्रेता जयमा इन्टरकन्टिनेन्टल प्रालिले फ्रान्क सिरीजको पहिलो फोन ओटो फ्रान्क ड्यूल बजारमा ल्याएको हो।

फ्रान्क सिरिज ओटो स्मार्टफोन्सको दोस्रो सिरिज हो। यो भन्दा पहिले ओटोले मार्क सिरिज अन्तर्गत ओटो मार्क र ओटो मार्क २ बजारमा ल्याइसकेको छ।

ओटो फ्रान्क ड्यूलको फुल मेटल बडी, २.५ डी कर्भ स्क्रीन, पछाडी सोनीको आर्इएमएक्स लेन्सको दुइटा क्यामेराको साथै फिंगरप्रिन्ट सेन्सरको कारण १० हजार मुनिको फोनहरु मध्य उत्कृष्ट फोन बन्ने विश्वास राखेको छ।

ओटो मार्क २ सिरिज पछि, ओटो फोंन्सले फेरी पनि आफ्नो स्मार्टफोंन्सका साथ विविध तथा उत्कृष्ट अनुभव दिन फ्रान्क सिरिज बजारमा उपलब्ध गराएको छ ।

५ इन्चको २.५ डी कर्भ स्क्रीन रहेको ओटो फ्रान्क ड्यूलमा एचडी डिस्प्ले आर्इएसपी डिस्प्लेको सुबिधा पाउन सक्नुहुन्छ। यो फोनको विशेषता भनेकै यो फोनको बलियो स्क्रीन हो। अन्य फोनहरु भन्दा यो फोनको स्क्रीन बलियो र मजबूत रहेको ओटो फोन्सको दाबी छ।

सामान्य रुपमा हातबाट झर्दा पनि यो फोनको स्क्रीन सजिलै नफुट्ने भएकोले यो फोनलाई ‘टफ फोन’ भनेर बजारमा सार्बजनिक गरिएको छ।

साथै यो फोनको फुल मेटल बडीले प्रयोगकर्तालाई प्रीमियम फोनको अनुभव दिनेछ। बलियो फोनको साथ साथै यो फोनमा हजुरले अहिले बजारमा चलिरहेको दुअल क्यामेराको प्रवृत्तिको सुबिधा पनि पाउन सक्नु हुनेछ। यो फोनमा ड्यूल रियर क्यामेरा राखिएको छ । एउटा क्यामेरा ८ मेगापिक्सेल र अर्को क्यामेरा २ मेगापिक्सेलको रहेको छ भने अगाडीको सेल्फी क्यामेरा २ मेगापिक्सेलको रहेको छ।

ओटो फ्रान्क ड्यूल एन्ड्रोयडको नूगटमा आधारित रहेको छ भने यसमा ज्ञ।घन्ज्श मिडियाटेक ६५८० क्वाडकोर प्रोसेसरबाट परिचालित छ ।

ओटो फ्रान्क ड्यूल १६ जीबी आन्तरिक स्टोरेज र १ जीबीको र्यामले सुसज्जित छ। १६ जीबीको स्टोरेजलार्इ ६४ जीबीसम्म बढाउन सकिन्छ।

सको साथै ओटो फ्रान्क ड्यूलमा ०।२ सेकन्डमा चल्ने फिंगर सेन्सर, फोटो खिच्न मद्दत गर्ने, मेनु स्वाइप गर्न र फोन अनलक गर्न मद्दत गर्ने स्मार्ट जेस्चर रहेका छन् । त्यसैगरि ओटो फ्रान्क ड्यूल को माथि रहेको एलर्इडी नोटिफिकेसनले मेसेज र फोन कल छुट्न दिदैनन।

यो फोनको बजार मूल्य ९,९९६ रुपैँया तोकिएको छ । ओटो फ्रान्क ड्यूल बजारमा सुनौलो र कालो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।