ओपोद्वारा ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

काठमाडौं, २० पुस । ओपोले सन् २०१७ को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरीस्थित आफ्नै सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई पुरस्कृत गरेको हो ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका अनुसार आफ्ना उपभोक्ताहरुसंग ‘क्रिसमस डे’ को खुशी साट्ने सोचका साथ सो सेल्फी प्रतियोगिताको आयोजना गरिएको हो ।

पुस ९ देखि ११ सम्म तीन दिनका लागि सञ्चालित उक्त प्रतियोगितामा सन्देश, कमेण्ट लगायत विभिन्न माध्यमबाट आफ्नो सेल्फी पठाइ ईच्छुकहरुले उत्साहजनक सहभागिता जनाएका थिए ।

कन्टेष्टका विजेताका रुपमा रोजनिम श्रेष्ठ, चन्दा पौडेल र रविन्द्र श्रेष्ठ रुपमा छनोट भएका थिए । विजेताहरुलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ ।

प्रतियोगिता अन्तर्गत कम्पनीले ईच्छुकलाई आफ्नो क्रिसमस सम्बन्धित सेल्फी ह्यासट्याग ओपोएफफाइभ तथा ह्यासट्याग क्यापचर दि रियल यू सहित पोष्ट गर्न आग्रह गरेको थियो । यसरी नियमबद्ध पोष्ट गरिएका तस्विर मध्यबाट कम्पनी ३ विजेताको छनोट गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply