के छ अाईफोन ६ र सामसुङ ग्यालेक्सी नोट ४ को फीचर्स ?

काठमाडौं, २७ भदौ । केहि दिन अघि एप्पल कम्पनीले निकै प्रतिक्षित एप्पल आईफोन ६ तथा आईफोन ६ प्लस सार्वजनिक गर्यो । यसका साथै एप्पलले एक पटक आफ्नो विश्वासनियतालाई कायम गर्दै शानदार फीचर्ससहितको स्मार्टफोन सार्वजनिक गरेको हो । एप्पल आईफोन ६ का साथै एक पटक फेरी आफ्नो प्रतिद्धन्दी कम्पनी सामसुङलाई कडा चुनौती दिएको छ ।

सामसुङले पनि एप्पलको आईफोनलाई टक्कर दिन हालै आफ्नो अहिलेसम्मको सबैभन्दा उत्कृष्ट फ्याबलेट सामसुङ ग्यालेक्सी नोट ४ सार्वजनिक गरेको थियो । सामसु९को फ्याबलेटको फीचर्सपनि कसैको भन्दा कम छैन् । यी दुई कम्पनीको प्रतिस्पर्धामा सबैभन्दा फाइदा स्मार्टफोन प्रयोगकर्तालाई भइरहेको छ ।

Galaxy-Note-3-Beats-iPhone-5s-1

यी दूई कम्पनीको आफ्ना फ्ल्यागशिप फोनहरुको बारेमा केहि जानकारी हेरौ –

फीचर   आईफोन 6 प्लस

  ग्यालेक्सी नोट 4

डिस्प्ले        5.5 इंच       5.7 इंच
रिज़ोल्यूशन    1080×1920    1440 x 2560
डिस्प्ले टाइप          IPS      सुपर ऑल्मंड
डायमेंशन     158×77.8×7.1   153.5×78.6×8.5
तौल        172 ग्राम         176 ग्राम
प्रोसेसर     A8 with MB coprocessor    2.7GHZ क्वालकॉम स्न्यापड्र्यागन क्वाडकोर
र्याम           —           3GB
अपरेटिंग सिस्टम        IOS8   एंड्रॉयड 4.4, टचविज़
मेमोरी 16GB/64GB/128GB   32GB 128GB तक बढाउन सकिने
ब्याट्री            —      3,220mAh
प्राइमरी क्यामरा    8 मेगापिक्सल    16 मेगापिक्सल
सेकेंड्री क्यामरा   1.2 मेगापिक्सल     3.7 मेगापिक्सल