फेसबुक मेसेन्जर लाइट १० करोड भन्दा बढि इन्स्टल

काठमाडौं, ५ पुस । फेसबुक म्यासेन्जरको लाइट (Facebook Messenger lite) भर्सन पछिल्ला दिनहरुमा प्रयोगकर्ताहरुको माझमा निकै लोकप्रिय भएको छ । यसको बढ्दो लोकप्रियताका कारण यसको इन्स्टल संख्या पनि बढेको छ ।

फेसबुक मेसेन्जर लाइट एप विशेष गरि ढिलो गतिको इन्टरनेट कनेक्सन भएको अवस्थामा उपयोग गर्ने गरि सार्वजनिक गरिएको थियो ।

यो एपले कम स्थान ओगट्ने तथा सजिलोसँग प्रयोग गर्न सकिने हुँदा बजेट स्मार्टफोनहरुमा पनि यो एपको प्रयोग बढिरहेको हो ।

गत सन् २०१६ मा प्ले स्टोरमा सार्वजनिक गरिएको यो एप शुरुवाती चरणमा नेपाल, भारत जस्ता विकासोन्मुख मुलुकहरुका लागि सार्वजनिक गरेको थियो तर अहिले भने सबै मुलुकहरुमा यो उपलब्ध रहेको छ । केहि महिना अघि मात्र अमेरिका, बेलायतमा पनि यो सार्वजनिक गरिएको थियो ।

यसको लोकप्रियताले गर्दा यो एप इन्स्टल गर्नेहरुको संख्यामा पनि वृद्धि भईरहेको छ । हालै सार्वजनिक भएको एक जानकारीअनुसार फेसबुक मेसेन्जरको लाइट भर्सनले १०० मिलियन भन्दा अधिक इन्स्टल पार गरेको छ ।

गूगल प्ले स्टोरमा भएको जानकारी अनुसार यो फेसबुक मेसेन्जर लाइट हालै अपटेड गरिएको छ भने यो १० करोड भन्दा बढि पटक इन्स्टल भएको छ ।

यो एपले प्ले स्टोरमा ४.४ रिभ्यू रेटिंग पाएको छ भने ६ लाख भन्दा बढिले यसको बारेमा प्रतिकृया दिएका छन् ।

यो एपको साइज १० एमबी भन्दा पनि कम भएको र यसले एन्ड्रोयड २.३ भर्सन भन्दा नयाँ भर्सनहरुमा सपोर्ट गर्दछ ।

यो एपमा सामान्य फेसबुक मेसेन्जरमा भएको जस्तै सबैजसो फिचरहरु तथा सुविधा उपलब्ध छ । यसबाट टेक्स्ट गर्न, फोटो, लिंक शेयर लगायतका सबै कामहरु गर्न सकिन्छ ।

तपार्इ पनि गूगल प्ले स्टोरबाट डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर जान सक्नु हुन्छ ।