फेसबुक म्यासेन्जरमा ग्रुप कलिंग फीचर, एकैपटक ५० जनासँग कुराकानी गर्न सकिने

काठमाडौं, ९ वैशाख । सोसल नेटवर्किंग साइट फेसबुकले म्यासेन्जरमा ग्रुप कलिंग फीचर सार्वजनिक गरेको छ । यो फीचरको प्रयोगबाट एकै पटक धेरै व्यक्तिसँग कुराकानी गर्न सकिन्छ ।

विश्वको सबैभन्दा ठूलो सोशल नेटवर्किंग साइट फेसबुकले विश्वभर एन्ड्रोयड तथा आईओएसमा निशुल्क प्रयोग गर्न सकिनेगरी ग्रुप कलिंग फीचर सार्वजनिक गरेको हो । यो फीचर आगामी २४ घण्टाभित्र विश्वभर जारी गरिने बताईएको छ ।

फेसबुक म्यासेन्जरमा भएको कुनैपनि ग्रुप च्याटबाट ग्रुप भीओआईपी अडियो शुरु गर्न सकिन्छ ।Facebook_01

कसरी गर्ने कुराकानी ?

म्यासेन्जरमा भएको फोन आईकनमा ट्याप गर्ने र कुन ग्रुपको च्याट सदस्यहरुसँग कुराकानी गर्नेहो छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि ती सबै सदस्यहरुले म्यासेन्जर कल पालैपालो प्राप्त गर्नेछन् ।

यदि तपाईँले पहिलो कल उठाउन सक्नुभएन भनेपनि ग्रुप च्याटमा भएको फोन आईकनमा ट्याप गरेर ग्रुप कलमा सहभागी हुनसक्नुहुनेछ ।

यसमा कुनैपनि समय तपाईँले को व्यक्ति ग्रुप कलमा छ र को व्यक्ति सहभागी छैन भन्ने हेर्न सक्नुहुनेछ ।

फेसबुकले ग्रुप कलिंगको लागि सहभागीमध्ये अधिकतम ५० जनासँग एकै पटक कुरागर्न सकिने उल्लेख गरेकोछ ।

फेसबुकले सन् २०१३ मा भीओआईपी शुरु गरेको थियो, जसमा एक अर्कामा कुराकानी गर्न सकिने थियो । तर त्यसको एक वर्षपछि मार्क जुकरवर्गले म्यासेन्जरमा १० प्रतिशत मोबाइलमा भीओआईपी कल विश्वव्यापी रुपमा रहेको घोषणा गरेका थिए ।

स्रोत