सिजी मोबाइलसले ल्यायो ‘ब्लेज जी’, सस्तो मूल्यमा आकर्षक बजेट स्मार्टफोन

काठमाडौं, १० पुस । चौधरी ग्रुप अन्तर्गतको सि.जी. मोबाइलसले ब्लेज जी नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले नेपालमै पहिलो पटक गूगलको मान्यता प्राप्त एन्ड्रोयड प्रणाली सहितको स्मार्टफोन ल्याएको दाबी गरेको छ ।

कम्पनीले जनाए अनुसार नयाँ मोडल ब्लेज सिरिज अन्तर्गत ल्याइएको हो ।

फोनमा राम्रो तस्बीरको लागी ५.० मेगा पिक्सेलको रियर क्यामरा छ र सेल्फीका लागी एलइडि फ्ल्यास सहितको २.० मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । अरु विशेषता जस्तै अटो एचडिआर, पानारोमा, फेश ब्यूटी, अटो सिन डिटेक्शन, अटो नाईट मोड, सिन फ्रेम आदी रहेका छन् ।

यो फोनमा ४ ईन्चको डब्लूभिजीए डिस्प्ले र २.५ डि कर्भड् ग्लास प्यानल रहेको हुँदा यो फोन हेर्दा आकर्षक र चलाउँदा झन उल्लेखनिय भएको कम्पनीको दाबी छ ।

ब्लेज जीमा क्वाडकोर प्रोसेसर, १ जीबी र्याम, ८ जीबी आन्तरिक स्टोरेज रहेको छ । माइक्रो एसडी कार्डमार्फत यसमा ३२ जीबी सम्मको थप मेमोरी राख्न सकिने छ ।

मूल्य ५ हजार ६सय ९९ रुपैयाँ तोकिएको फोनमा उत्कृष्ट क्यामरा र शान्दार डिजाइन रहेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।