Apple

एप्पलले ल्यायो तीनवटा नयाँ आइफोन, सबैभन्दा महंगो ‘आइफोन एक्स’

काठमाडौं, २८ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ को सिरिज मंगलवार सार्वजनिक गरेको छ । कम्पनीले आइफोन ८, ८ प्लस र आइफोन एक्स सार्वजनिक गरेको हो । एप्पलले आफ्नै मुख्यालय रहेको क्यालिफोर्निया, कुपर्टिनोमा रहेको एप्पल पार्क क्याम्पसको स्टीव जब्स थिएटरमा एक इभेन्ट आयोजना गरेर सार्वजनिक गरेको हो । आइफोन ८ तथा आइफोन ८ प्लस गत वर्ष सार्वजनिक भएको आइफोन ...

Read More »

यस्तो डिजाइनमा आउँदै छ नयाँ आइफोन, मूल्य १ हजार डलर हुने

काठमाडौं, २७ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ मंगलवार आज सार्वजनिक गर्दैछ । कम्पनीले ल्याउने नयाँ आइफोनको बारेमा विभिन्न चर्चाहरु हुँदै आएका छन् । कम्पनीले आज तीन मोडलका आइफोनहरु सार्वजनिक गर्ने जानकारीहरु बाहिर आएका छन् । जसमा आइफोन ८ (iPhone 8), आइफोन ८ प्लस (iPhone 8 Plus) र आइफोन एक्स (iPhone X) रहेको बताईएको छ । कम्पनीले आज राती ...

Read More »

आइफोन र म्याकबुकको मूल्य घट्यो, आइफोन किन्दा चाँदीको सिक्का पाइने

काठमाडौं, २२ भदौ । नेपालका लागि एप्पलका आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिले दशैं तिहार अफर घोषणा गरेको छ । सो योजनाअनुसार दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्नेछन् । त्यसैगरि दशैं र तिहारको अवसर पारेर म्याकबुकहरुको खरिदमा विशेष छुट पनि प्राप्त गर्नेछन् । प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ...

Read More »

आईफोन ८ मा ट्रू टोन ओएलईडी डिस्प्ले, ३ जीबीको र्याम र थ्रीडी सेन्सर राखिने

काठमाडौं, २० असार । एप्पलले यहि वर्ष सार्वजनिक गर्ने भनिएको आईफोन ८ (iPhone 8) को बारेमा नयाँ रिपोर्ट सार्वजनिक भएको छ । केजीआई सेक्योरिटीजका चर्चित विश्लेषक मिंग जी कुओले आउन लागेको आईफोन ८ को बारेमा विभिन्न जानकारीहरु सार्वजनिक गरेका छन् । उनले यहि वर्ष भित्रै आउने आईफोनहरुका बारेमा १० अनुमान गरेका छन् । मिंग जी कुओकाअनुसार एप्पलले ४.७ इन्च, ५.५ ...

Read More »

यस्तो डिजाइनमा आउनेछ एप्पलको ‘आइफोन ८’

काठमाडौं, २ असार । पछिल्ला दिनहरुमा एप्पलको नयाँ आइफोन कस्तो हुन्छ भनेर सबैको ध्यान केन्द्रित भएको छ । एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष आइफोन ल्याउने चर्चा चलिरहँदा यसको डिजाइन र डिस्प्लेको बारेमा नयाँ जानकारीहरु आई नै रहेका छन् । एप्पलको नयाँ आइफोन जसलाई आइफोन ८ (iPhone 8) भनेर चिनिन्छ, त्यसको नयाँ डिजाइनको बारेमा थप जानकारीहरु आएका छन् ...

Read More »

एप्पलका रेटिना डिस्प्लेसहितको १०.५ इन्च र १२.९ इन्चको नयाँ आइप्याड

काठमाडौं, २३ जेठ । एप्पलले सोमबारदेखि आयोजना गरेको डब्लूडब्लूडिसी २०१७ अर्थात डेभलपर्स कन्फ्रेन्समा नयाँ आइप्याड प्रो सार्वजनिक गरेको छ । कम्पनीले १०.५ इन्चको रेटिना डिस्प्लेसहितको आइप्याड प्रो (10.5 iPad) सार्वजनिक गरेको हो । यसको अर्को संस्करणमा भने एचडिआर भिडियो सपोर्ट पनि गर्दछ । एप्पलले सार्वजनिक गरेको यो आइप्याडको तौल केबल १ पाउण्ड रहेको छ भने यसको बेजल यसअघिको भन्दा ४० ...

Read More »

एप्पलको आइफोन ९ मा ५.२८ र ६.४६ इन्चको डिस्प्ले हुने

काठमाडौं, १० जेठ । एप्पलको यो वर्षमा नै आउने भनेको आइफोन ८ बजारमा आउने चर्चा चलेको धेरै भएपनि अझै कहिदेआउने निश्चित छैन् । तर कम्पनीले आगामी वर्षको नयाँ फोनको लागि भने काम शुरु गरिसकेको छ। हालै सामसंगको डिस्प्ले बनाउने कम्पनी सामसंग इलेक्ट्रोनिक्सले सन् २०१८ मा उत्पादन हुने नयाँ आइफोनका लागि डिस्प्ले बनाउने सहमति प्राप्त गरेको छ । कोरियाबाट आएको रिपोर्टअनुसार ...

Read More »

स्मार्टफोनको विश्व बजारमा सामसंग अग्रस्थानमा, एप्पल दोस्रो र ह्वावे तेस्रो स्थानमा कायमै

काठमाडौं, ९ जेठ । विश्वको स्मार्टफोनको बजारमा सामसंग अझै नेतृत्वमा रहेको छ। मंगलवार विश्व बजारमा स्मार्टफोन बिक्रीको तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै गार्टनरले चिनियाँ स्मार्टफोन ब्राण्डहरु ससक्तरुपमा अगाडि आईरहेको जनाएको छ । गार्टनरको प्रतिवेदनअनुसार सन् २०१७ को पहिलो चौमासिकमा विश्व बजारमा स्मार्टफोनको बजार ९.१ प्रतिशतले बढ्दै ३८० मिलियन यूनिट बिक्री भएको छ । गार्टनरको प्रतिवेदनअनुसार विश्व बजारमा सामसंगले अझैपनि सन् २०१७ ...

Read More »

एप्पलले ७.९ इन्चको आइप्याड मिनीको उत्पादन बन्द गर्ने

काठमाडौं, ३ जेठ । करिब एक वर्षसम्म कुनैपनि अपडेट नभएको र सफ्टवेयरमा सपोर्ट नगरेको आइप्याड मिनीको उत्पादन बन्द हुने भएको छ । एप्पलले सन् २०१२ मा पहिलो पटक सार्वजनिक गरेको ७.९ इन्चको आइप्याड मिनीको उत्पादन बन्द गर्ने भएको हो । कम्पनीले पछिल्ला दिनहरुमा आइप्याडहरुको बिक्रीमा निकै कमी आएको उल्लेख गर्दै आइप्याड मिनी बन्द गर्न लागेको एक रिपोर्टमा बताईएको छ । ...

Read More »

आइफोनको मूल्य नेपालमा घट्यो, यस्तो छ आइफोनको नयाँ मूल्यसूची

काठमाडौं, २ जेठ । नेपालमा आइफोनको मूल्यमा कटौती भएको छ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोनको मूल्यमा कटौती गरेको छ ।कम्पनीले अधिकतम ५ हजार रुपैयाँसम्म मूल्य घटाएको छ । कम्पनीकाअनुसार आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य ८६,०००/- रुपैयाँ तोकिएको छ भने आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य ९९,८००/- ...

Read More »