हट न्युज

रेनोले शुरु गर्यो सर्भिस भेइकल सेवा

काठमाडौं, २४ मंसिर । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन ह्वील’ (वाउ) नामक सर्भिस भेइकल सेवा सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा संचालनमा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरुले लाभ लिन सक्नेछन् । रेनोको यो सेवाले बिशेष गरि काठमाडौँ उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी ...

Read More »

मोबाइलमा रिचार्ज गरिसकेको कार्ड जम्मा गर्नुस्, पैसा कमाउनुस्

काठमाडौं, २३ मंसिर । रिचार्ज गरिसकेको रिचार्ज कार्डबाट पनि आम्दानी गर्न सकिने भएको छ । कुनैपनि मोबाइल कम्पनीको रिचार्ज कार्ड अनावश्यकरुपमा फाल्ने गरिएकोमा अब भने त्यसबाट आम्दानी गर्न सकिने भएको हो । अधिकांशले रिचार्ज गरिसकेपछि त्यस्तो कार्डहरु जताततै फाल्ने गरेका छन् । जसले शहरलाई फोहोर बनाईरहेको छ । तर अबभने त्यस्तो काम नलाग्ने रिचार्ज गरिसकेको कार्डबाट आम्दानी गर्न सकिने भएको ...

Read More »

इण्डोनेशियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले मंसिर १९ गते आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकि छिन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष समारोहमा राजदूत सोमार्नोले ओहोदाको प्रमाणपत्र पेश गरेकि हुन् । महामहिम सोमार्नो नेपालका लागि इण्डोनेशियाको गैरआवासीय राजदूत हुन र राजदुतावासको कार्यालय बंगालादेशको ढाकामा अवस्थित छ । सो समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको ...

Read More »

टेलिकमद्धारा मुस्ताङ र दोलखाको दूर्गम क्षेत्रमा मोबाइल सेवा संचालन

काठमाडौं, १९ मंसिर । नेपाल टेलिकमले मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते देखि सेवा सञ्चालनमा आएको हो । मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको छ ...

Read More »

भेनेजुएलाले भर्चुअल करेन्सी ‘पेट्रो’ प्रयोगमा ल्याउने

काठमाडौं, १८ मंसिर । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले मुलुकलाई आर्थिक संकटबाट बचाउनका लागि भर्चुअल करेन्सी ल्याउने घोषणा गरेका छन् । भेनेजुएलाको तेल, ग्यास, सुन र हीरा उद्योगमा प्रयोग गर्न सकिने गरि ‘पेट्रो’ नाम दिइएको भर्चुअल मुद्रा ल्याउने राष्ट्रपति मादुरोले घोषणा गरेका हुन् । तेलबाट उठ्ने राजस्व र विद्यमान मुद्राको भाउमा आइरहेको कमीका कारण भेनेजुएलाको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । ...

Read More »

डिभाइनको बहार हप्तै पिच्छे उपहार

काठमाडौं, १८ मंसिर । श्री महाकाली वाईन प्रा. लि, डिभाईन वाईनको आधिकारीक विक्रेताले आफ्ना ग्राहकहरुकालाई यहि नयाँ वर्ष २०१८ को उपलक्ष्यमा न्यू इयर स्कीमको योजना बजारमा ल्याएको छन् । यो योजना अन्त्तर्गत , हरेक डिभाइन वानको बोतल पछाडी रहेको ब्याच नम्बर र सिरियल नम्बरलाई ९८०११०४२४२ मा एसएमएस गरी हरेक हप्ता लक्की ड्रबाट एक जना भाग्यमानी ग्राहकले एउटा मोटोरोला स्मार्टफोन र ...

Read More »

ग्लोबल आइएमई बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गरिने

काठमाडौं, १२ मंसिर । ग्लोबल आइएमई बैंक, जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत के.एफ.डब्लु डेभलपमेन्ट बैंक, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच दिगो तथा ग्रामिण बिकास कार्यक्रमअन्र्तगत नेपालका ग्रामिण भेगको जनताको जीबनस्तर सुधार्नका लागि ग्लोबल आइएमई बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात के.एफ.डब्लु डेभलपमेन्ट बैंकको बित्तीय तथा प्राविधिक सहयोग ...

Read More »

कोकाकोलाले ल्यायो किन्ले ब्रान्डको पानी, ८ चरणसम्मको प्रोसेसिङ

काठमाडौं, १२ मंसिर । कोकाकोला नेपालले नेपाली बजारमा किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला ...

Read More »

प्रविधि प्रतिस्थापन गर्दै टेलिकम, भ्वाइस र डाटा दुवै सेवा उपलब्ध गराउने

काठमाडौं, १२ मंसिर । नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको जनाएको छ । हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बिटिएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन ...

Read More »

एनसेलको चार नयाँ भ्वाइस प्याक, एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा

काठमाडौं, ११ मंसिर । एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्ने बताएको छ । नयाँ भ्वाइस प्याकहरु यहि बिहीवारदेखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक ...

Read More »