दूरसंचार

दूरसंचार प्राधिकरणको काम कारबाहिबारे अध्ययन गर्न समिति गठन, यस्तो छ अध्ययनको विषयहरु

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको काम कारबाहिको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार सुर्य बहादुर राउतको संयोजकत्वमा ३ सदस्यिय समिति गठन गरेको हो । वैशाख ३१ गते गठन भएको सो समितिमा संयोजक राउतसहित कमल खरेल तथा मन्त्रालयकै उपसचिव अनुप नेपाल सदस्यको रुपमा रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सो समितिले ...

Read More »

यस्तो छ इन्टरनेट प्रयोगकर्ताको तथ्यांक, वर्ल्डलिंक सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक

काठमाडौं । नेपालमा कुल ३ लाख ८४ हजारले विभिन्न इन्टरनेट सेवा प्रदायकहरुसँग इन्टरनेटको सेवा लिने गरेका छन् । नेपालमा दुई दर्जनभन्दा बढि इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी/Internet service provider)हरु रहेपनि केबल ३ लाख ८४ हजार २ सय ५६ जनाले मात्र इन्टरनेट प्रयोग गर्ने गरेका हुन् । नेपाल दूरसंचार प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांकअनुसार वायरलेस, केबल र फाइबरमार्फत इन्टरनेट सेवा लिने गरेका ...

Read More »

टेलिकमको ९ महिनाको नाफा ११ अर्ब ८५ करोड, ओटीटीले आम्दानीमा असर पारेको दाबी

काठमाडौं । नेपाल टेलिकमले ओटीटी सेवाका कारण कम्पनीको आम्दानीमा असर परेको दाबी गरेको छ । कम्पनीले पछिल्लो दिनहरुमा ग्राहकहरुको आकर्षण डाटामा बढिरहेको भन्दै त्यसको लागि समेत नयाँ प्याकेजहरु ल्याएको र शुल्क समायोजन गरेको कारण आम्दानीमा असर परेको जानकारी दिएको हो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हालको अवस्थामा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, ...

Read More »

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई स्पष्टिकरण पत्र, दूरसंचार प्राधिकरणलाई निर्णय नगर्न निर्देशन

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टिकरण सोधेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार संचार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टिकरण सोधेको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेअनुसार मन्त्रालयले स्पष्टिकरण पत्र पठाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । टेलिकमको काम कारबाहि प्रभावकारीरुपमा नभएको र कार्यदक्षतामा कमजोर रहेको ...

Read More »

नेपालमा १३ लाख बढी फोरजी मोबाइल सेवा प्रयोगकर्ता, सबैभन्दा धेरै एनसेलका ग्राहक

काठमाडौं । नेपालमा फोरजी सेवा पछिल्लो समयमा निकै चर्चाको विषय भएपनि अझै निकै कम मोबाइल फोन सेवा प्रयोगकर्ताहरुले फोरजी चलाउने गरेका छन् । हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा केबल १३ लाख मोबाइल फोन प्रयोगकर्ताले मात्र फोरजी प्रयोग गर्न पाएका छन् । विश्व बजारमा फाइभजी प्रविधि विकास गर्न र परिक्षणको क्रम तिब्ररुपमा भईरहेको बेलामा नेपालमा भने फोरजी ग्राहकहरु नै निकै कम देखिएका ...

Read More »

अमेरिकाका दुई ठूला मोबाइल अपरेटर एक आपसमा गाभिए, अझ सस्तो मूल्यमा सेवा दिने

काठमाडौं । अमेरिकाका दुई ठूला मोबाइल अपरेटर स्प्रीन्ट (Sprint) र टि-मोबाइल (T-Mobile) एक आपसमा गाभिएका छन् । दुबै कम्पनीहरुले सोमबार सम्पूर्ण शेयर खरिद बिक्री कारोबार गरिने घोषणा गरेका छन् । दुबै कम्पनी मर्ज भएपछि बन्ने कम्पनीको नाम टि-मोबाइल राखिने छ र त्यसको मुख्यालय हाल टि मोबाइल रहेको वासिंगटनको वेलेभ्यू नामक स्थानमा राखिने छ । त्यस्तै अर्को मुख्यालय हाल स्प्रीन्टको मुख्यालय ...

Read More »

स्मार्ट टेलिकमको स्मार्ट सेन्टर पोखराको न्युरोडमा स्थापना

काठमाडौं । हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन पोखराको न्युरोड स्थित अरविन्द कम्प्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टर संचालनमा ल्याएको छ । यही वैशाख १७ गतेबाट शुरु गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ। सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरुका ...

Read More »

आइएमइआइ दर्ता नभएका मोबाइल फोन प्रयोगमा रोक लाग्दै, यसरी थाहा पाउनुस् आइएमइआइ नम्बर ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विदेशबाट अवैधरुपमा आउने मोबाइल फोनहरुलाई नेपालमा प्रयोग गर्नबाट रोक लगाउने भएको छ । प्राधिरकणले नेपालमा भित्र्ने मोबाइल फोनहरु अनिवार्यरुपमा प्राधिकरणमा दर्ता हुनुपर्ने र त्यस्तो फोनको रेकर्ड राख्ने गरि नयाँ अटोमेटेड प्रविधि संचालन गर्न लागेको छ । प्राधिकरणले हालै नेपालमा भित्र्ने मोबाइल उपकरणहरु दर्ता गर्नका लागि इक्यूपमेन्ट आईडेन्टिटि रजिस्ट्रेशन(इआईआर) को विनियमावली पारित गरेपछि नेपालमा अवैधरुपमा आउने ...

Read More »

युटिएललार्इ पूँजी वृद्धिको अनुमति, कहिले होला सेवा शुरु ?

काठमाडौं । यूनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले चार अर्ब रुपैयाँले पूँजी वृद्धिको अनुमति पाएको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२५ औं बैठकले युटिएललाई सो पूँजी वृद्धिको अनुमति दिएको हो । यसअघि दुई अर्ब रुपैयाँ पूँजी भएको युटिएलले चार अर्ब रुपैयाँ पूँजी वृद्धि गर्ने अनुमति पाएसँगै कम्पनीको कुल पूँजी छ अर्ब रुपैयाँ पुग्ने भएको छ। ...

Read More »

नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु ...

Read More »