अार्थिक समाचार

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकवीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स र सेन्चुरी बैंक बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । सो बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंकको कुनै पनि शाखाबाट आइएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा गराउनका ...

Read More »

प्युठान र अर्घाखाँचीमा जेसीबीको आधिकारिक आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यस क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो । प्युठानको ‘एआरओ’ ...

Read More »

माछापुच्छ्रे बैंकले अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अमेरिकाको न्यू योर्क स्थित वाल स्ट्रिट फाइनान्स एलएलसिबिच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वाल स्ट्रिट फाइनान्स एलएलसिका तर्फबाट डाइरेक्टर अफ कम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर गरे। यो सम्झौतासंगै अमेरिका स्थित नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वाल स्ट्रिट ...

Read More »

सेञ्चुरी कमर्सियल बैंकको नाफामा शतप्रतिशतले वृद्धि

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चैत्र मसान्त सम्ममा ६३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । सो मुनाफा गत त्रैमासको तुलनामा १सय ३ प्रतिशतको बृद्धि हो । बैंकले गत वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले चैत्र मसान्त सम्ममा ५२.७३ अर्व निक्षेप संकलन गरी ५० अर्व रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको जानकारी दिएको ...

Read More »

एभरेष्ट बैंक र लुम्बिनी जनरल ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सका बीच मंगलबार बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरुमार्फत लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमा योजनाहरु विक्री गर्ने एवं बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्था बीच सम्झौता भएको हो । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धि सम्पूर्ण सेवा ...

Read More »

टेलिकमद्धारा अस्पताललाई सहयोग, विद्यालयमा आइसिटि सेन्टर स्थापना

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ । कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक/एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५। ...

Read More »

हुण्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१८ हुने

काठमाडौं । नेपालको लागी हुण्डाईको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुण्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१८’ आयोजना गर्ने भएको छ। सो टुर्नामेन्ट ग्लेनेगेल्स डिजाइन गोकर्ण गल्फ क्लबमा यही आउँदो शुक्रबार र शनिबार हुने भएको छ। सो ओपन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फर्म्याटमा र ३/७ ह्यान्डीक्यापमा खेलीने बताइएको छ। कम्पनीका अनुसार टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन्। टुर्नामेन्टमा टाइटल ...

Read More »

एभरेष्ट इन्स्योरेन्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २३ औं वार्षिक साधारण सभा बैशाख १० गते काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाबाट आ.व. २०७३।७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा बोनस शेयर वापतको कर प्रयोजनार्थ ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । साथै, कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्नका लागि ...

Read More »

व्यवसायीहरुका लागि सहज हुने किसिमको बजेट ल्याउन चेम्बरको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुका अप्ठेरोलाई ख्याल गरी नयाँं बजेट ल्याएमा ‘समृद्ध नेपाल खुशी नेपाल’ को सरकारी नारा पूरा हुने उनीहरुले बताए । नेपाल चेम्वर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमा गर्ने सम्न्दर्भमा व्यवसाय सञ्चालनका चुनौती’ विषयमा सोमबार ...

Read More »

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गरे । सो सम्झौतासंगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे बैंक पहिलो बैंक भएको छ । युनिभर्सल पेमेन्ट ...

Read More »