एप्पलका रेटिना डिस्प्लेसहितको १०.५ इन्च र १२.९ इन्चको नयाँ आइप्याड

काठमाडौं, २३ जेठ । एप्पलले सोमबारदेखि आयोजना गरेको डब्लूडब्लूडिसी २०१७ अर्थात डेभलपर्स कन्फ्रेन्समा नयाँ आइप्याड प्रो सार्वजनिक गरेको छ । कम्पनीले १०.५ इन्चको रेटिना डिस्प्लेसहितको आइप्याड प्रो (10.5 iPad) सार्वजनिक गरेको हो । यसको अर्को संस्करणमा भने एचडिआर भिडियो सपोर्ट पनि गर्दछ ।

एप्पलले सार्वजनिक गरेको यो आइप्याडको तौल केबल १ पाउण्ड रहेको छ भने यसको बेजल यसअघिको भन्दा ४० प्रतिशत कम रहेको छ ।
कम्पनीले आइप्याड प्रोका साथै १२.९ इन्चको आइप्याड प्रो (12.9 iPad) पनि सार्वजनिक गरेको छ जसमा पनि रेटिना डिस्प्ले र एचडिआर भिडियो सपोर्ट रहेको छ ।

दुबै आइप्याडमा ट्रु टोन डिस्प्ले उपलब्ध रहेको छ जसले कम रिफ्लेक्सन दिन्छ ।

यसका साथै नयाँ आइप्याडमा प्रोमोसन नामक फीचर पनि उपलब्ध छ जसले डिस्प्लेलाई १२० हर्जको रिफ्रेस गर्ने बताईएको छ ।

एप्पलका दुबै आइप्याडहरु नयाँ आइप्याड प्रो ए१० एक्स फ्यूजन चीपसेटसहित आएका छन् । यो चीपसेट हेक्सा कोर हो जसले तीन हाई परफरमेन्ट कोर्समा काम गर्दछ । यसका साथै यसमा १२ कोरका जीपयू पनि रहेको छ ।

फोटोका लागि दुबै आइप्याडमा १२ मेगापिक्सेलको ओआईएसका साथमा रियर क्यामरा राखिएको छ भने फ्रन्टमा ७ मेगापिक्सेलको क्यामरा राखिएको छ ।

यसका साथै दुबै आइप्याडमा फास्ट चार्जिंग फीचर पनि छ भने यसको ब्याट्री ब्याकअप १० घण्टासम्मको रहेको छ ।

एप्पलले सार्वजनिक गरेको १०.५ इन्चको आइप्याड प्रोको आधारभूत संस्करण ६४ जीबी स्टोरेजमा आउँछ जसको मूल्य ६४९ डलर तोकिएको छ । त्यसैगरि १२.९ इन्चको ६४ जीबी स्टोरेज भएको आइप्याड प्रोको आधारभूत मुल्य ७९९ अमेरिकी डलर तोकिएको छ ।