अम्याजनको नयाँ ट्याबलेट फायर ७ र फायर ८, किड्स भर्सन पनि उपलब्ध

काठमाडौं, ४ जेठ । अम्याजनले नयाँ श्रेणीका ट्याबलेटहरु सार्वजनिक गरेको छ । नयाँ ट्याबलेटमा ७ र ८ इन्चको फायर स्लेटका साथै किड्स भर्सन रहेका छन् ।

यसमध्यको फायर ७ निकै पातलो र हलुका डिजाइनको रहेको छ भने यसमा आइपीएस डिस्स्प्ले राखिएको छ ।

यो ट्याबमा ८ घण्टासम्म टिक्ने ब्याट्री रहेकोछ भने १‍ जीबीको र्याम र ८जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ । फायर ७ ट्याबमा वाईफाईसहित अम्याजनको भ्वाइस एक्टिभेटेड असिस्ट्यान्स एलेक्सा पनि राखिएको छ ।

त्यस्तै अम्याजनको अर्को ट्याबलेट फायर एचडी ८ मा ८ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसमा क्वाड कोर प्रोसेसर राखिएको छ भने १२ घण्टासम्मको ब्याट्री ब्याकअप रहेको छ ।

फायर एचडी ८ ट्याबलेटमा १‍.५ जीबीको र्याम र १६ जीबीको स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ । यसमा एलेक्साको सुविधा पनि छ ।

अम्याजनका नयाँ ट्याबलेटहरु जून ७ तारिखदेखि अमेरिकामा प्री–अर्डर गर्न सकिन्छ । फायर ७ को मूल्य ४९.९९ अमेरिकी डलर छ भने फायर एचडी ८ ट्याबलेटको मूल्य ७९.९९ अमेरिकी डलर तोकिएको छ ।

यी ट्याबलेटहरु यूरोपमा पनि उपलब्ध हुने बताईएको छ ।

किड्स भर्सनको ट्याबलेट ड्यूरेबल केसका साथमा तीनवटा चहकिलो कलरहरुमा उपलब्ध हुनेछन् । यी ट्याबलेटहरुमा २ वर्षको ग्यारेन्टी रहेको छ । अम्याजनले किड्स ट्याबलेटमा बुक्स, गेम्स, भिडियो र एप्स १ वर्षसम्म अनलिमिटेड प्रयोग गर्न सकिनेगरि अफर दिएको छ ।

फायर ७ र ८ को किड्स भर्सनको मूल्य ९९.९९ अमेरिकी डलर तथा १२९.९९ अमेरिकी डलर तोकिएको छ ।

माध्यम