सामसंगको ग्यालेक्सी एस१० यस्तो डिजाइनमा हुने, इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिने

Technology Khabar ७ असार २०७५, बिहीबार

सामसंगको ग्यालेक्सी एस१० यस्तो डिजाइनमा हुने, इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिने

काठमाडौं ।

काठमाडौं । सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन सिरिज सार्वजनिक भएको करिब ४ महिना भएको छ, जसले अझैपनि बजारमा चर्चा पाईरहेको छ । ग्यालेक्सी एस नाइन आएको धेरै समय नभईकन नै कम्पनीको नयाँ फ्ल्यागशिप स्मार्टफोन एस १० (Galaxy S10) को बारेमा विभिन्न समाचारहरु आईरहेका छन् ।

यसैबीचमा सामसंगको नयाँ फोन ग्यालेक्सी १० भनिने स्मार्टफोनको तस्विर सार्वजनिक भएको छ । कम्पनीको तस्विर हालै फोब्र्सको रिपोर्टमा देखिएको छ। जसमा आइस यूनिभर्सले ट्विटरबाट सार्वजनिक गरेका छन् ।

इमेजमा सामसंग ग्यालेक्सी एस १० मा तीन वटा रियर क्यामरा हुनेछ । फोनमा क्यामरा साइडमा हुनुका साटो बीचमा राखिएको छ भने फिंगरप्रिन्ट सेन्सर डिस्प्लेको मूनी राखिएको छ । अर्थात स्क्रीनभित्रै औंला थिचेर फोन लक अनलक गर्न सकिनेछ।

सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनमा ५.८ इन्चको स्क्रीन राखिएको छ भने एस १० प्लसमा ६.३ इन्चको डिस्प्ले हुने अनुमान छ ।

तर यो डिजाइन नै अन्तिम हो भन्ने दाबी भने गर्न सकिँदैन किनकी उत्पादकहरुले स्मार्टफोन बनाउनुभन्दा पहिलो विभिन्न किसिमका प्रोटोटाइप डिजाइन गरेका हुन्छन र त्यसमध्ये एउटा मात्र अन्तिम डिजाइन हुन्छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: ७ असार २०७५, बिहीबार

ताजा समाचार