हिमालय कलेज अफ इन्जिनियरिङद्वारा सूचना सञ्चार प्रविधिमा रोजगारी विषयक कार्यशाला

Technology Khabar ६ असार २०७५, बुधबार

हिमालय कलेज अफ इन्जिनियरिङद्वारा सूचना सञ्चार प्रविधिमा रोजगारी विषयक कार्यशाला

काठमाडौं ।

काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा सूचना सञ्चार प्रविधिमा रोजगारीः अवसर र चुनौति विषक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा हिमालय कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले नेपाल समृद्धिका चरणमा प्रवेश गरेकाले यसका लागि सूचना र सञ्चारको विकास र राष्ट्र निर्माणमा यसको प्रयोग अपरिहार्य रहेकाले यसै अनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

इजरायली राजदुत ओमरले आजको विश्वलाई सूचना र सञ्चारले नेतृत्व गरेको र इजरायल पनि यस मार्गमा अगाडि बढी सकेको बताउँदै नेपालसँग सहकार्य गरी स्तरीय शिक्षा प्रदान गर्न तयार रहेको बताए ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले विश्वविद्यालय गुणस्तरिय र व्यवहारिक शिक्षा प्रदान गराउने र विश्वविद्यालय शिक्षाको संरचना परिवर्तन गर्ने तयारीमा रहेको जानकारी दिईन् ।

इन्जिनियरिङ अध्ययन संस्थानका सुवर्ण शाक्यले कलेजले नेपालको इन्जिनियरिङ क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै गुणस्तरिय इन्जिनियरिङ शिक्षा प्रदान गर्नमा कलेजले अझै महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Global Bank
easy care

प्रकाशित: ६ असार २०७५, बुधबार