दुई दिने अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन शुरु, ‘स्मार्ट सिटी’ मूल विषय

Technology Khabar ३ असार २०७५, आईतवार

दुई दिने अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन शुरु, ‘स्मार्ट सिटी’ मूल विषय

काठमाडौं ।

काठमाडौं । क्यान फेडेरेसनको आयोजनामा २ दिने अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन आइतवारदेखि शुरु भएको छ । ललितपुरमा आयोजना भईरहेको सो सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालन गर्ने बताए ।

उनले सरकारको सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन पनि सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘नयाँ पुस्तालाई प्रविधिमा पहुँच पुर्‍याउनका लागि पनि सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्नुको विकल्प छैन्,’ मन्त्री बाँस्कोटाले भने ।

मन्त्रीकाअनुसार नेपालका १ सय ५० भन्दा बढी गाउँपालिकामा इन्टरनेट सेवाको अभावमा बैंकहरू सञ्चालनमा आउन सकेका छैनन्।

नेपालमा २९ हजार सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध रहेको बताइएको छ।

कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सरकारले आगामी दिनमा इन्टरनेटको पहुँच बिस्तार गर्न खोजेको जानकारी दिए ।

ब्रोडब्याण्ड बिस्तार गर्नका लागि काम गरिरहेको भएपनि सरकारी र निजी क्षेत्रका कुनैपनि कम्पनीहरुले काम नगरेको अरोप लगाए ।

उनले अहिलेसम्म ६० भन्दा बढि जिल्लाहरुमा इन्टरनेट सेवा बिस्तार गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरिएको बताए ।

क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले पहिलो पटक संस्थाले छुट्टै कार्यक्रमको रुपमा सूचना प्रविधि सम्मेलन आयोजना गरिएको र यो पटक ‘सस्टेनेबल गोल फर स्मार्ट सिटी’ मूल थिमको आधारमा स्मार्ट टेक्नोलोजी र स्मार्ट सोसाईटीकोसहितको विषयहरुमा छलफल चलाईने जानकारी दिए ।

easy care

प्रकाशित: ३ असार २०७५, आईतवार