भाइबरबाट आकस्मिक एम्बुलेन्स सेवा लिन पाइने, नेपाल एम्बुलेन्सको भाइबर हट लाइन सुविधा

Technology Khabar १ असार २०७५, शुक्रबार

भाइबरबाट आकस्मिक एम्बुलेन्स सेवा लिन पाइने, नेपाल एम्बुलेन्सको भाइबर हट लाइन सुविधा

काठमाडौं ।

काठमाडौं । भाइबरले आकस्मिक सेवाका लागि नेपाल एम्बुलेन्स सर्भिस हट–लाइन सेवा सुचारु गरेको छ । नेपाल एम्बुलेन्स सर्भिस चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२ मा जोडिएको छ ।

अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु वा विरामी जो कोहीले भाइबर नम्बर ९८०१११५१०२ मा सिधै सम्पर्क गरेर यो सेवा लिन सक्नेछन् । एनएएसले हरेक एक रोगीका लागि सवारी साधन एवं उपचारप्रति आश्वस्त गराउन सुविधा सम्पन्न उपकरण र स्टाफहरुको साथमा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।

हाल एनएएसको सेवा लिन चाहनेले नेपाल टेलिकमको मोबाइल वा पिएसटिएन सेवामार्फत् इमर्जेन्सी नम्बर १०२ मा कल गर्नुपर्ने व्यवस्था रहेको छ ।

भाइबरका दक्षिणपूर्वी एशिया क्षेत्रमा व्यापार विस्तार एवं विकास प्रमुख अनुभव नइएरले भने, ‘नेपालमा भाइबर प्रयोग गरिरहेका ७० लाखभन्दा बढी प्रयोगकर्ताहरुमाझ आकस्मिक उपचार सेवाका लागि भाइबर हट लाइन जस्तो महत्वपूर्ण सेवा प्रस्तुत गर्न पाएकोमा छौं। हामी सदैव नयाँ र नवीनतम् उपायहरुको माध्यमबाट स्थानीय समुदायहरुलाई साथ दिने प्रयासमा रहँदै आएका छौं ।’

भाइबरसँगको साझेदारीबाट भविष्यमा नेपालका नागरिकहरुको सेवामा सहयोग पुग्ने अन्य महत्वपूर्ण सेवाहरु उपलब्ध गराउन प्रयासरत रहने एनएएसले जनाएको छ ।

easy care

प्रकाशित: १ असार २०७५, शुक्रबार