फेसबुक चलाउनुहुन्छ ? त्यसोभए तपाईँको यस्ता गोप्य जानकारी थाहा हुन्छ फेसबुकलाई

काठमाडौं ।पछिल्ला दिनहरुमा सामाजिक संजाल साइट फेसबुक निकै विवादमा पर्दै आएको छ । क्याम्ब्रिज एनालिटिका डाटा लीक विवादपछि फेसबुकको बारेमा लगातार प्रश्नहरु हुँदै आएका छन् ।

फेसबुकले पनि यूजरेको निजी डाटाहरु, उनीहरुको गतिबिधिहरु समेतको डाटा संकलन गर्ने गरेको स्वीकार गरेको छ ।

फेसबुकले यूजरको फेसबुक एकाउन्टमा भएका भन्दा बाहिरका बिषयहरुको बारेमा पनि जानकारी राख्ने गरेको छ । तपाईँले फेसबुक लगइन अर्थात फेसबुक खुल्लै राखेर कम्प्यूटरमा अन्य कार्य गर्नुहुन्छ भने फेसबुकले त्यसको बारेमा समेत जानकारी लिने गरेको सार्वजनिक भएको छ । तपाईँको कम्प्यूटरको प्रकार, स्तर, माउस, की बोर्डको प्रयोग लगायतका हरेक विषयहरु फेसबुकले स्टोर गर्ने गरेको छ ।

यी जानकारीबाट फेसबुकले यूजर्सले कुन किसिमको कन्टेटमा कति समय बितायो भन्ने पत्ता लगाउँछ । यो जानकारीको प्रयोग फेसबुकले तपाईँको एकाउन्ट प्रोफाइलमा विज्ञापन देखाउनका लागि प्रयोग गर्ने गरेको छ ।

डाटा लीक विवादपछि फेसबुकले अमेरिकी संसदको उच्च सदन यूएस सीनेटमा बुझाएको जवाफमा यी डाटाहरुको बारेमा उल्लेख गरेको छ । फेसबुकले २२५ पेजको डकुमेन्टमा करिब २ हजार प्रश्नको उत्तर हालै दिएको छ ।

कुन डाटा छ फेसबुकमा

डिभाइसको जानकारी– फेसबुकले तपाईँको डिभाइसको सम्पूर्ण जानकारी लिने गरेको छ । तपाईँको जून कम्प्यूटरबाट फेसबुक लगइन गर्नुहुन्छ, त्यसको बारेमा सम्पूर्ण जानकारी फेसबुकसँग हुन्छ । जसमा तपाईँको डिभाइसमा कति स्टोरेज छ, कुन कुन फोटो छ, कसको फोन नम्बरहरु सेभ गरिएको छ जस्ता जानकारी हुन्छ ।

एपको जानकारी– अर्को भनेको एपको बारेमा जानकारी हो । यसमा फेसबुकले तपाईँले प्रयोग गर्ने गरेको सम्पूर्ण एप्सको जानकारी राख्छ भने तपाईँले प्रयोग नगरेपनि डिभाइसमा डाउनलोड गरिएको एप्सको बारेमा थाहा हुन्छ । यूजरले कुन एप कति समयसम्म प्रयोग गर्दछ भन्ने समेत जानकारी फेसबुकले राख्ने गरेको छ।

डिभाइस कनेक्सन–फेसबुकले तपाईँको डिभाइस केमा कनेक्ट भएको छ भन्ने समेत जानकारी जुटाउँछ । तपाईँले कुन नेटवर्क प्रयोग गरिरहनुभएको छ वा कुन वाईफाई प्रयोग गरिरहनुभएको छ भन्ने डाटा राख्छ । त्यस्तै फेसबुकले डिभाइसको जीपीएस समेत ट्रयाक गर्ने गरेको छ, जसमा यूजरको डिभाइस कुन स्थानमा छ भन्ने जानकारी रहेको हुन्छ। यसको अर्थ तपाईँले डिभाइस बोकेर हिडिरहनुभएको छ भनेतपाईँ हिँडेको स्थानको बारेमा पनि जानकारी लिन्छ ।

ब्याट्रि लेबल– यूजरले प्रयोग गरिरहेको डिभाइसको ब्याट्रीको बारेमा पनि फेसबुकले निरन्तर निगरानी गरिरहेको हुन्छ । तपाईँको डिभाइसको ब्याट्रीको लेभल कति प्रतिशत छ र कुन कुन एप्सले कति ब्याट्री प्रयोग गरिरहेको छ भन्ने पनि जानकारी राख्छ । यसबाट फेसबुक एपले यूजरको डिभाइसको अधिक ब्याट्री लिएको छ वा छैन भन्ने आधारमा आफ्नो एपलाई अपडेट गर्ने गर्दछ।

एजेन्सी

Leave a Reply