फिफा वर्ल्ड कपको अवसर पारेर गूगलको विशेष डूडल

काठमाडौं । फिफा वर्ल्ड कप २०१८बिहिबारदेखि शुरु हुँदैछ । विश्व फुटबलको महासंग्रामको रुपमा खेलिने यो अवसर पारेर गूगलले विशेष डूडल तयार गरेको छ । जहाँ फुटबल खेलिरहेका केहि मानिसहरुको वरिपरि विभिन्न व्यक्तिहरु रमाईरहेको देखाईएको छ । गूगलको सो

डूडलमा १० नम्बरको जर्सीलाई महत्व दिँदै सो जर्सी लगाएको खेलाडीले विपक्षी पोष्टमा पेनाल्टी हान्न लागेको देखाईएको छ ।

विश्वकप फुटबलमा मानिसमात्र नभई जनावर र पंक्षिहरु पनि रमाईरहेको देखाईएको छ ।

विश्वकपको शुरुवाती खेल आज रुस र साउदी अरबको बिचमा म्याच हुँदैछ । यो वर्ल्ड कपमा ३२ राष्ट्रका टिमहरु सहभागी छन भने यो जूलाई १५ तारिखसम्म आयोजना हुनेछ ।

विश्वकपमा कुल ६४ म्याच खेलाईनेछ । आजको पहिलो म्याच रुसको राजधानी मस्कोको लुज्निकी स्टेडियममा खेलाईनेछ ।

फिफा वर्ल्ड कपका खेलहरु रुसका ११ शहरका १२ स्टेडियममा खेलाईनेछ । फिफा वर्ल्ड कप बिजेताले १८ क्यारेटको सुनको ट्रफी हात पार्नेछ ।

Leave a Reply