आइएमईले मनायो १८औं वार्षिकोत्सव

काठमाडौं । आइएमई १७ औं वर्ष पार गरेर १८ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ ।

त्यसैले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ यस पटकको वार्षिकोत्सव मनाइएको कम्पनीले जानकारी दिएको छ ।

१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए ।

वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए ।

आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिटालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको जनाएको छ ।

Leave a Reply