सामसङ इलेक्ट्रोनिक्सको “फिल द गेम” योजना, सामसङ टिभीमा २७ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसरमा “फिल द गेम” योजना प्रस्तुत गरेको छ ।

सो योजनाअन्तर्गत सामसङ टिभिहरुको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ । सामसङका एयूएचडी, कभ्र्ड टिभी, यूएचडी टिभी, स्मार्ट टिभी, नन स्मार्ट टिभी, एफएचडी, एचडी टिभी (SUHD TV, Curved TV, UHD TV, Smart TV, Non Smart TV, FHD, HD TV) का विभिन्न मोडेलहरुमा अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गरेको छ ।

यसका अतिरिक्त सम्पूर्ण टेलिभिजनहरुमा २ वर्षको फुल वारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ताबन्दी अफर सामसङ डिजी‍टल प्लाजा (Samsung Digital plaza) बाट प्रस्तुत गरेको छ ।

इएमआई सुविधाको लागि ग्राहकले सामसङले तोकेका आधिकारिक आउटलेटहरुमा गई खरिद गर्नु पर्नेछ । यो योजना जुन महिनाको १ तारिखदेखि लागू भई योजना समाप्त भएको घोषणा नगरेसम्म नेपालभरका लागू गरिएको कम्पनीले जनाएको छ ।

के छ योजनाभित्रका विशेषताहरु

टिभि खरिदमा प्रदान गरिएको छुटका साथै टर्किस एयर, एस ट्राभल्स, वयोदा अस्पताल, के जि एच ग्रुप जस्ता अन्य विभिन्न प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य गरी ती कम्पनीले प्रदान गर्ने सेवामा छुटको लागि गिफ्ट भौचरको व्यवस्था पनि मिलाएको छ ।

साथै उल्लेखित टिभिहरुको खरिदमा ग्राहकलाई विशेष कुपन प्रदान गरिने छ र प्राप्त हुने कुपनलाई लक्की ड्रमा समावेश गरिने छ । लक्की ड्रमार्फत प्रथम हुनुहुने विजेताले टर्किस एयरको राउन्ट ट्रिप, तथा अन्य विजेताहरुले क्रमशः सामसङको फाइभ इन वान रेफ्रिजेरेटर, ग्यालेक्सी एस नाइन स्मार्टफोन, ग्यालेक्सी एस सिक्स प्लस, ग्यालेक्सी सेभेन डुयस जित्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply