सुबिसुको ‘क्लियर टिभी वर्ल्ड कप किक अफ’ अफर, २०१८ रुपैयाँमा नै एचडी सेवा पाईने

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “क्लियर टिभी वर्ल्ड कप किक अफ” (Clear TV World Cup Kick Off ) अफर प्रस्तुत गरेको छ ।

यहि जेठ ३१ गते अर्थात जून १४ तारिखदेखि सुरु हुन गईरहेको विश्व कपलाई ध्यानमा राखेर कम्पनीले ग्राहकहरु लाई मात्र २०१८ रुपैयाँको प्याकेज खरिदमा एचडी सेट टप बक्स, जडान सेवा तथा २ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने जानकारी दिएको छ ।

कम्पनीले हाई डिफिनिसन पिक्चर क्वालिटीमा ग्राहकहरुले विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्घेश्यका साथ यस्तो योजना प्रस्तुत गरेको हो ।

हाल क्लियर टिभि सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६० भन्दा बढि एचडि च्यानलहरु रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply