असुसको जेनबुक सिरिजको दुई नयाँ ल्यापटप सार्वजनिक

Technology Khabar २२ जेष्ठ २०७५, मंगलवार

असुसको जेनबुक सिरिजको दुई नयाँ ल्यापटप सार्वजनिक

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी असुसले दुईवटा नयाँ सिरिजको ल्यापटपहरु सार्वजनिक गरेको छ ।

ताइवानमा आयोजना भईरहेको कम्प्यूटेक्समा कम्पनीले जेनबुक्स सिरिजमा दुई नयाँ ल्यापटप ल्याएको हो ।

यसमध्ये जेनबुक प्रो यूएक्स५८० मा १५.६ इन्चको फोरके स्क्रीन छ भने सेकेण्डरी डिस्प्ले ५.५ इन्चको छ । त्यस्तै अर्को जेनबुक एस अल्ट्रा लाइट डिभाइस हो जून केबल १ किलोग्रामको मात्र छ ।

जेनबुक प्रो १५ यूएकस ५८० मा भने इन्टेलको कोर आइ९ प्रोसेसर ताथ जीटिएक्स १०५० टि ग्राफिक्स कार्ड रहेको छ । यसमा १६ जीबीको र्याम छ भने यसको स्टोरेज १ टेराबाईट एसएसडी छ । यसको स्क्रीनप्याडलाई ठूलो स्क्रीनमा पिनप्वाइन्टिगको लागि प्रयोग गर्न सकिन्छ वा सेकेण्डरी स्क्रीनको रुपमा उपयोग गर्न सकिन्छ ।

यसमा रहेको यूजर इन्टरफेसले सेकेण्ड स्क्रीनमा टचप्याडको रुपमा प्रयोग गर्दा पनि अन्य कामको लागि सक्रिय राख्न सकिन्छ ।

असुसको नयाँ जेनबुक जूलाईको मध्यमा बजारमा आउनेछ भने यसको शुरुवाती मूल्य २,२९९ अमेरिकी डलरदेखि शुरु हुनेछ ।

जेनबुक एस सिरिजमा भने हलुका बडी डिजाइन छ जसको घेरामा वेयर मार्क राखिएको छ । सुसले यसलाई इर्गोलिफ्ट हिंगको रुपमा बताएको छ भने यसले ५.५ डिग्रीसम्म घुमाउदार बनाएको छ जसले गर्दा ल्यापटपलाई चिसो बनाउन र अडियो क्षमतालाई सुधार गर्दछ ।

असुसको यो ल्यापटप जुन ११ तारिदेखि बजारमा उपलब्ध हुनेछ भने यसको शुरुवाती मूल्य १,१९९ अमेरिकी डलर रहेको छ । जेनबुक यू सिरिजमा कोर आई सेभेन तथा आई फाइभ प्रोसेसर छ भने यसको डिस्प्ले १३.३ इन्चको छ, जून फोरके वा १०८० पिक्सेलको अप्सनमा उपलब्ध छ ।

Global Bank
easy care

प्रकाशित: २२ जेष्ठ २०७५, मंगलवार