यस्तो छ साओमीको एमआई ८ स्मार्टफोन, इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, डयूल रियर क्यामरा

Technology Khabar १८ जेष्ठ २०७५, शुक्रबार

यस्तो छ साओमीको एमआई ८ स्मार्टफोन, इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, डयूल रियर क्यामरा

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एमआई ८ (Xiaomi Mi 8) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा आयोजित एक कार्यक्रममार्फत यो सार्वजनिक गरेको हो ।

यो स्मार्टफोन पनि एप्पलको आइफोन एक्स बाट प्रभावित रहेको छ, जसमा नोच डिजाइन राखिएको छ ।

एमआई ८ मा ६.२१ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ, जून सामसंगबाट कम्पनीले खरिद गरेको हो ।

यो स्मार्टफोन चारैतर्फ कब्र्ड डिजाइनमा छ भने ब्याक प्यानल सिसासहितको छ ।

साओमी एमआई ८ स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ भने यो फोन ६ जीबी र ८ जीबी र्यामको अप्सनमा आउँछ । ८ जीबी र्याम फोनको एक्सप्लोरर एडिसनमा मात्र उपलब्ध हुनेछ ।

फोनमा फोटोका लागि डयूल रियर क्यामरा सेटअप छ, जसमा १२ मेगापिक्सेलको दुई सेन्सर रहेको छ । त्यस्तै सेल्फीका लागि फोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

यो फोन तीन स्टोरेज अप्सनमा आउँछ, जसमा ६४ जीबी, १२८ जीबी र २५६ जीबी छ भने पावरका लागि ३,४०० एमएएचको ब्याट्री प्याक रहेको छ ।

कम्पनीले एमआई ८ का साथमा एक्प्लोरर एडिसन पनि ल्याएको छ, जसमा थ्रीडी फेस रिकग्निसन, इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर तथा पारदर्शि व्याक कभर रहेको छ ।

साओमी एमआई ८ मा फोरजी भीओएलटिई, ब्लूटूथ ५.०, एनएफसी, ड्यूल फ्रीक्वेन्सी जीपीएस, फिंगरप्रिन्ट सेन्सर तथा यूएसबी टाइप सी पोर्ट राखिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोनमा ड्यूल फ्रीक्वेन्सी जीपीएस प्रयोग गरिएको छ, जसले उत्कृष्ट तथा सटिक लोकेसनको जानकारी दिने दाबी छ ।

साओमीले यसका साथमा एमआई ८ एसई पनि सार्वजनिक गरेको छ । आइफोन एसईबाट प्रभावित हुँदै साओमीले पनि सोहि नाममा सानो डिस्प्ले साइजमा नयाँ फोन ल्याएको हो । यसको डिस्प्ले ५.८ इन्चको एमोलेड रहेको छ । यो फोनमा क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसर प्रयोग गरिएको छ । यो प्रोसेसरले ब्याट्रीको कार्यदक्षतालाई बढाउने दाबी गरिएको छ ।

साओमी एमआई ८ ६जीबी र्याम, ६४ जीबी स्टोरेजको मूल्य २,६९९ चिनियाँ यूआन रहेको छ भने ६ जीबी र्याम १२८ जीब्ी स्टोरेजको मूल्य २,९९ यूआन तोकिएको छ । त्यस्तै ६ जीबी २५६ जीबी स्टोरेजको मूल्य ३,२९९ यूआन रहेको छ ।

एमआई ८ ह्वाइट, गोल्ड, लाइट ब्लू, तथा ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनेछ । यो फोन चीनमा प्री-अर्डर शुरु भईसकेको छ भने जून ४ देखि बजारमा आउनेछ ।

एमआई ८ एक्प्लोरर एडिसनको ८ जीबी र्याम १२८ जीबी स्टोरेजको मूल्य भने ३,६९९ यूआन तोकिएको छ ।

यी फोनहरु चीनभन्दा बाहिर कहिले उपलब्ध हुन्छन भन्ने कुनै जानकारी छैन् ।

easy care

प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार

ताजा समाचार