योग गुरु रामदेवको कम्पनीले ल्यायो मेसेजिंग एप, ह्वाट्सएपलाई टक्कर दिने योजना

Technology Khabar १७ जेष्ठ २०७५, बिहीबार

योग गुरु रामदेवको कम्पनीले ल्यायो मेसेजिंग एप, ह्वाट्सएपलाई टक्कर दिने योजना

काठमाडौं ।

काठमाडौं । भारतीय योग गुरु रामदेवको कम्पनीले पछिल्लो दिनहरुमा टेलीकम सेक्टरमा नयाँ नयाँ सेवाहरु सार्वजनिक गरिरहेका छन् । हालै रामेदवको कम्पनी पतंजलिले नयाँ मेसेजिंग एप सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय माझ लोकप्रिय रहेको ह्वाट्सएपलाई सिधै टक्कर दिने योजनासाथ नयाँ मेसेजिंग एप किम्भो (Kimbho) सार्वजनिक गरेको हो ।

करिब २२ एमबीको यो एप हाल गूगल प्ले स्टोरमा डाउनलोडका लागि उपलब्ध छ ।

पतंजलिका प्रवक्ता एसके तीजारवालाले ट्वीट गरेर यो एप सार्वजनिक भएको जानकारी दिए । उनले यो मेसेजिंग एपले सिधै ह्वाट्सएपलाई कडा टक्कर दिने दाबी गरेका छन । यो स्वदेशमा नै बनेको उनको भनाई छ ।

पतंजलिको किम्भो एप हेर्दा पनि ह्वाट्सएप जस्तै देखिन्छ । यसको लोगो समेत करिब करिब ह्वाट्सएपको लोगो जस्तैछ भने यूजरले ह्वाट्सएपको जस्तै कन्ट्याक्ट लिस्ट, एक्टिभिटी जस्ता अप्सनहरु पाउँछन् । यो एपको ब्याकग्राउण्ड कलर पनि ह्वाट्सएपको ब्याकग्राउण्ड कलरजस्तै हरियो राखिएको छ भने लेआउट पनि उस्तै छ ।

यसमा व्यक्तिगत तथा ग्रुप च्याट दुबै गर्न सकिन्छ भने भ्वाइस र भिडियो कल समेत गर्न सकिन्छ ।

यसअघि यहि साता मात्र पतंजलिले मोबाइल फोनको सिम कार्ड सार्वजनिक गरेको थियो ।

easy care

प्रकाशित: १७ जेष्ठ २०७५, बिहीबार