सूचना प्रविधि मैत्री नीति तीव्र आर्थिक विकासमा सहयोगी हुने क्यान महासंघको ठहर

Technology Khabar ८ जेष्ठ २०७५, मंगलवार

सूचना प्रविधि मैत्री नीति तीव्र आर्थिक विकासमा सहयोगी हुने क्यान महासंघको ठहर

काठमाडौं ।

काठमाडौं । क्यान महासंघले सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधिको विकासको विषय समावेश भएकोमा स्वागत गरेको छ ।

सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले उल्लेख गरेको छ ।

डिजिटल माध्यमबाट सरकारी सेवा पाउने सर्वसाधारणको हक सुनिश्चित गर्ने सरकारी नीतिको क्यान महासंघले सराहना गर्दै सरकारी सेवाको सहज जानकारी पाउन सक्ने र गुनासा तथा सुझावहरु सम्बन्धित निकाय र पदाधिकारीसमक्ष सोझै पठाउनसक्ने व्यवस्थाका लागि प्रयोगमा ल्याउन लागिएको ‘नागरिक अधिकार मोबाइल एप्स’ ले सूचना प्रविधिको प्रयोगलाई बृहत बनाउन सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ ।

सामुदायिक विद्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उच्च गतिको इन्टरनेट सुविधाले सरकारको ‘समृद्ध नेपाल: सुखी नेपाली’ अभियानमा टेवा पुग्ने क्यान महासंघको ठहर छ । यसका साथै क्यान महासंघले सूचना प्रविधिलाई विशेष प्राथमिकता दिइएको सरकारी नीतिको कार्यान्वयन पक्ष पनि उत्तिकै सबल रहने अपेक्षा गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ८ जेष्ठ २०७५, मंगलवार

ताजा समाचार