Technology Khabar ७ जेष्ठ २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ ।
एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ ।
एचएच बजाजले डोमिनार ४००का ११ जनालाई साहसी चालकहरु छनोट गरेर डोमिनार ४०० संग यात्राको आनन्द लिन र अनुभब हासिल गर्ने अवसर प्रदान गरेको छ । यो यात्रा मई २० तारिखबाट सुरु भएर ३० मई सम्म चल्नेछ ।
चालकहरुकोलागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री, साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा बोल्दै भने, ‘डोमिनार–मोटोग्राफीले नेपाल र चीन बीच रोमाञ्चकता, नदेखिएका र चर्चामा नआएका दुबै देशका अलौकिक स्थानका मनमोहक दृश्यावलीहरुलाई उजागर गर्नेछ ।यसले बाइक चालकहरुलाई परिकल्पनाभन्दा टाढा पुग्ने अवसरहरु प्रदान गर्दछ ।’
प्रकाशित: ७ जेष्ठ २०७५, सोमबार