सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर हेटौंडामा स्थापना

Technology Khabar ४ जेष्ठ २०७५, शुक्रबार

सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर हेटौंडामा स्थापना

काठमाडौं ।

काठमाडौं । सामसङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ ईण्डियाका उपाध्यक्ष वाई वि वनले गरेका थिए ।

विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १३ औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको हो । यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिने सर्भिस प्रमुख राजन भट्टराईले बताए ।

Global Bank
easy care

प्रकाशित: ४ जेष्ठ २०७५, शुक्रबार