नोकियाको एक्स सिरिजको पहिलो स्मार्टफोन ‘एक्स सिक्स’, आइफोन एक्स जस्तो डिजाइन

काठमाडौं । नोकियाले हालै नयाँ स्मार्टफोन नोकिया एक्स सिरिजमा सार्वजनिक गरेको छ । नोकिया फोन बनाउने कम्पनी एचएमडी ग्लोबलले चीनमा आयोजित कार्यक्रममार्फत नोकिया एक्स सिक्स(Nokia X6) लन्च गरेको हो ।

सो स्मार्टफोन नोच डिजाइनमा आएको छ । यो नोकियाको पहिलो नोच डिजाइन भएको स्मार्टफोन पनि हो । नोकिया एक्स सिक्समा कम्पनीले फ्रन्ट क्यामराका साथमा ईयरपीस तथा प्रोक्सिमिटी सेन्सर पनि राखेको छ । यसका साथै यो फोनमा एज टू एज डिस्प्ले राखिएको छ ।

नोकिया एक्स सिक्सको फीचर तथा स्पेशिफिकेसन

नोकिया एक्स सिक्स स्मार्टफोनमा ५.८ इन्चको फुल एचडी प्लस आईपीएस एलसिडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन २,२८०x१०८० पिक्सेल छ । यो फोन १९ः९ एस्पेक्ट रेशियोमा आउँछ ।

फोनमा क्वालकम स्न्यापड्रागन ६३६ अक्टा कोर प्रोसेसर राखिएको छ भने फोन दुई संस्करणमा आउँछ ।

नोकियाको एक्स सिरिजको पहिलो फोनमा ४ जीबी र्याम र ३२ जीबी स्टोरेज, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्याम र ६४ जीबी स्टोरेज राखिएको छ । यसको स्टोरेज बढाउन पनि सकिन्छ ।

फोटोका लागि ड्यूल रियर क्यामरा सेटअप छ जसमा १६ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ भने यसमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फ्रन्ट क्यामरामा पनि एआई तथा फेशियल रिकग्नाइजेशन टेक्नोलोजी प्रयोग गरिएको छ ।

नोकिया एक्स सिक्समा ३,०६० एमएएचको ब्याट्री प्याक छ भने क्विक चार्ज ३.० प्रविधि रहेको छ ।

एन्ड्रोयड ८.१ ओरियोमा आधारित यो स्मार्टफोनमा यूएसबी टाइप सी पोर्ट, ब्लूटूथ, रियर फिंगरप्रिन्ट सेन्सर रहेकोछ ।

नोकियाले ४ जीबी र्याम र ३२ जीबी स्टोरेज भएको स्मार्टफोनको मूल्य १,२९९ चिनियाँ यूआन, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको फोनको मूल्य १,४९९ यूआन तथा ६ जीबी र्यामको मूल्य १,६९९ यूआन तोकेको छ ।

हाल चीनमा मात्र उपलब्ध हुने यो स्मार्टफोन अन्य बजारमा भने कहिलेदेखि उपलब्ध हुन्छ भन्ने केहि जानकारी छैन् ।

माध्यम

Leave a Reply