वनप्लस सिक्स स्मार्टफोन सार्वजनिक, यस्तो छ विशेषताहरु

Technology Khabar ३ जेष्ठ २०७५, बिहीबार

वनप्लस सिक्स स्मार्टफोन सार्वजनिक, यस्तो छ विशेषताहरु

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस सिक्स (OnePlus 6) सार्वजनिक गरेको छ । कम्पनीले बुधवार लण्डनमा एक कार्यक्रमका बीच वनप्लस सिक्स विश्व बजारमा आएको घोषणा गरेको हो । त्यस्तै बिहिबार कम्पनीले भारतमा पनि सो फोन सार्वजनिक गरेको छ ।

वनप्लस सिक्समा यसअघिको वनप्लस ५ भन्दा डिजाइनमा निकै परिवर्तन गरिएकोछ । कम्पनीले यस पटक वनप्लस सिक्समा राउण्ड एजका साथै नोच डिस्प्ले राखेको छ । यसको ब्याक कभर ग्लासद्धारा निर्मित छ भने यो फोन चार कलर अप्सनमा आउने छ ।

के छन फीचरहरु ?

वनप्लस फाइभको सक्सेसरको रुपमा आएको वनप्लस सिक्समा क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट प्रयोग गरिएको छ ।

फोन तीन फरक फरक संस्करणहरुमा उपलब्ध हुनेछ, जसमा ६ जीबी र्याम र ६४ जीबी स्टोरेज, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेजका साथमा आउने छ ।

वनप्लस सिक्स स्मार्टफोनमा ६.२८ इन्चको फूलएचडी प्लस फुल अप्टिक एमोलेड डिस्प्ले राखिएको छ, जसको पिक्सेल रिजोल्यूशन १०८०x२२८० पिक्सेल रहेको छ । यो फोनमा यसअघिको जस्तै तिब्रगतिमा फोन चार्ज गर्न ड्यास चार्ज राखिएको छ भने यूएसबी टाइप सी पोर्ट रहेको छ ।

एन्ड्रोयड ८.१ ओरियोमा आधारित अक्सिजन ५.१.२ मा संचालन हुने वनप्लस सिक्समा ३,३०० एमएएचको ब्याट्री रहेको छ ।

फोनमा ड्यूल सिम सपोर्ट तथा ड्यूल एलटीई कनेक्टिभिटी रहेको छ भने ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ ।

फोटोका लागि फोनमा ड्यूल रियर क्यामरा राखिएको छ, जसमा १६ मेगापिक्सेलको प्राइमरी क्यामरा तथा २० मेगापिक्सेलको सेकेण्डरी सेन्सर राखिएको छ । यसको रियर क्यामराले ७२० पिक्सेलमो स्लो मोशन भिडियो रेकर्ड गर्न सक्दछ । यसको फ्रन्ट क्यामरा वनप्लस ५टीको जस्तै १६ मेगापिक्सेलको रहेको छ ।

वानप्लसको तीन संस्करण मध्ये शुरुवाती संस्करणको मूल्य ५२९ अमेरिकी डलर तोकेको छ भने सबैभन्दा उच्च मूल्य ६२९ अमेरिकी डलर रहेको छ ।

कम्पनीले यसका साथमा एभेन्जर्स इन्फिनिटी वार एडिसन पनि सार्वजनिक गरेको छ । जसमा विशेषरुपको एभेन्जरको लोगो तथा विशेष उपहारहरु राखिएका छन् ।

तोकिएका देशहरुमा मई २२ तारिखदेखि सिमित कलर अप्सनमा तथा छिमेकी मुलुक भारतमा अमेजन डटकममार्फत अनलाइन किन्न सकिने बताईएको छ ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार