ह्वावेले नेपालमा नोभा २ आईको मूल्य घटायो, अब ३१ हजार रुपैयाँमा नै किन्न पाईने

Technology Khabar ३ जेष्ठ २०७५, बिहीबार

ह्वावेले नेपालमा नोभा २ आईको मूल्य घटायो, अब ३१ हजार रुपैयाँमा नै किन्न पाईने

काठमाडौं ।

काठमाडौं । ह्वावेले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै नोभा २ आई Huawei Nova 2i को मूल्य घटाएको छ ।

कम्पनीले बजारमा नोभा थ्री ई सार्वजनिक गरेको केहि दिनमा नै नोभा २ आईको मूल्य कटौती गरेको हो ।

नोभा २ आई मा ५.९ इन्चको फूल भ्यू डिस्प्ले छ भने फोनमा ४ जीबी र्याम, ६४ जीबी स्टोरेज रहेको छ । ह्वावेको आफ्नै प्रोसेसर किरिन ६५९ रहेको छ भने यसमा ३,३४० एमएएचको ब्याट्री प्याक रहेको छ ।

एन्ड्रोयड नूगल ७.० अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ड्यूल रियर क्यामरा राखिएको छ । फोनमा १६ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको रियर क्यामरा तथा १३ प्लस २ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

यो स्मार्ट फोन गाढा नीलो (Aurora Blue), खैरो–खैरो पाराको कालो ( Graphite Black ) र हल्का सुनौलो ( Prestige Gold ) रङहरूमा उपलब्ध छन् ।

ह्वावेले नोभा २ आईको मूल्य ३ हजार रुपैयाँले घटाएर नयाँ मूल्य ३० हजार ९ सय रुपैयाँ तोकेको जनाएको छ ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार

ताजा समाचार