ओपोद्वारा विश्वकै पहिलो ५जी भिडियो कल ‘डेमो’को घोषणा, थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग

Technology Khabar २ जेष्ठ २०७५, बुधबार

ओपोद्वारा विश्वकै पहिलो ५जी भिडियो कल ‘डेमो’को घोषणा, थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग

काठमाडौं ।

काठमाडौं । ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (शेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परिक्षणकोे घोषणा गरेको छ ।

परिक्षण मार्फत रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिज्द्वारा विकसित ५जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरिएको थियो । यो नवप्रबर्तनात्मक प्रविधिको सफल परिक्षणलाई ५जी प्रविधिको औद्योगिकरुपमा वास्तविक अभ्यासहरुमा उतार्ने र उपयोगिताका बारेमा जान्ने कार्यमा नयाँ कोशेढुंगाका रुपमा लिइएको कम्पनीको दाबी छ ।

ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि मार्फत ५जी भिडियो कल परिक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर११एसको प्रयोग गरिएको थियो । परिक्षण मार्फत आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो । यसरी संकलित सुचना, ५जी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत गरिएको थियो ।

‘थ्रीडी स्ट्रक्चर लाइट प्रविधिको प्रयोगद्वारा गरिएको सफल ५जी भिडियो कलले उपभोक्ताका आवश्यकता बुझ्दै नवप्रबर्तन उन्मुख हाम्रो दिशालाई प्रतिबिम्बित गर्छ । ओपोले स्मार्टफोनमा थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधिको उपयोगितालाई ब्यवसायिकिकरण गर्दै उपभोक्ताका लागि यो अत्याधुनिक प्रविधि करिव ६ महिना भित्रै उपलब्ध गराउने छ,’ ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने ।

‘सन् २०१८को जनवरी महिनामा हामीले क्वालकम टेक्नोलोजिज् संगको सहकार्यमा ५जी पाइलट प्रोग्रामको घोषणा गरेका थियौँ । साथै, सन् २०१९सम्ममा ५जी ह्याण्डसेट सार्वजनिक गर्ने पहिलो स्मार्टफोन निर्माता बन्न लागि परेका छौँ’, स्ट्यान्डराइजेसन रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक ट्यांग हाईले भने ।

करिव ३ बर्ष अघिदेखि ओपो ५जी रिसर्च तथा डेभलपमेण्ट तथा ५जी उत्पादनको विकासका लागि अन्तरराष्ट्रिय मानक निर्धारण कार्यमा सक्रियरुपले लागि रहेको छ ।

उच्च गति (ईएमबीबी), बृहत्त क्षमता (एमएमटीसी) र कम बिलम्बता (यूआरएलएलसी) सहितको ५जी प्रविधिलाई औद्योगिक मोबाइल दुरसञ्चारको नयाँ सुरुवातका रुपमा लिने गरिन्छ । ईएमबीबीको मानक स्थापना तथा म्याच्योरिटीसंगै ओपोले ईमेजिङ तथा सेन्सर प्रविधिसंग ५जी नेटवर्क समाहित गर्नेछ । यसको माध्यमबाट युबेकुटस रियालिटी, भर्चुअल रियालिटी, अगुमेन्टेड रियालिटी जोइण्ट रियालिटी लगायतका लागि प्रयोग सार्थकता अध्ययन गर्ने कम्पनीको योजना रहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २ जेष्ठ २०७५, बुधबार