संचार तथा सूचना मन्त्रालयमा सूचना प्रविधि महाशाखा स्थापना, सूचना प्रविधि क्षेत्रको मुख्य जिम्मेवारी

Technology Khabar २ जेष्ठ २०७५, बुधबार

संचार तथा सूचना मन्त्रालयमा सूचना प्रविधि महाशाखा स्थापना, सूचना प्रविधि क्षेत्रको मुख्य जिम्मेवारी

काठमाडौं ।

काठमाडौं । मुलुकमा सूचना तथा संचार प्रविधिको विकास, बिस्तार र आवश्यक नीति नियम बनाउने मुख्य उद्धेश्यसहित संचार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ महाशाखा स्थापना गरिएको छ ।

सह सचिव विरेन्द्र मिश्रको नेतृत्वमा सूचना प्रविधि महाशाखा गठन गरिएको हो । सह सचिव मिश्रको नेतृत्वमा रहने सो महाशाखामा ४ जना इन्जिनियर तथा २ जना उपसचिवको दरबन्दी रहेको छ ।

सो महाशाखाले मन्त्रालयतमार्फत सूचना प्रविधिको क्षेत्रमा सरकारलाई आवश्यक पर्ने नीति नियम बनाउने, त्यसको अनुगमन गर्ने तथा सो सम्बन्धि समन्वयन गर्ने जिम्मेबारी पाएको सह सचिव मिश्रले जानकारी दिए ।

सूचना प्रविधि विभाग, राष्ट्रिय प्रमाणिकरणको कार्यालय, राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई समेत सो महाशाखा अन्तरगत राखिएको छ ।

‘सूचना प्रविधि सम्बन्धि कार्यहरु, साइबर सर्ट, आवश्यक कानूनहरु बनाउने, विद्युतिय कारोबारहरु बारे अध्ययन गर्ने लगायतका जिम्मेवारीसहित महाशाखा गठन भएको हो,’ सह सचिव मिश्रले मोबाइल्सखबरसँग भने ।

उनले हाल छाता ऐनको रुपमा सूचना प्रविधि ऐनको मस्यौदा तयार भएको र त्यसलाई अन्तिमरुप दिन लागिएको बताए । सो छाता ऐनले हालको सूचना प्रविधिको क्षेत्रमा देखिएको अभावलाई पूर्ति गर्न सहयोग गर्ने उनको भनाई छ ।

त्यस्तै दिर्घकालिनरुपमा डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने गरि विभिन्न कार्यहरु समेत गर्ने योजना रहेको सहसचिव मिश्रले जानकारी दिए ।

सह सचिव मिश्र यसअघि निर्वाचन आयोगमा कार्यरत रहेका थिए भने सो भन्दा अगाडि उनले सूचना प्रविधि विभागको महानिर्देशकको अनुभव हासिल गरिसकेका छन् ।

easy care

प्रकाशित: २ जेष्ठ २०७५, बुधबार