साओमीका ८ वटा स्मार्टफोनमा प्रतिबन्धको माग, कुलप्याडले दायर गर्यो पेटेन्ट मुद्धा

Technology Khabar ३० बैशाख २०७५, आईतवार

साओमीका ८ वटा स्मार्टफोनमा प्रतिबन्धको माग, कुलप्याडले दायर गर्यो पेटेन्ट मुद्धा

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी कुलप्याडले साओमीका केहि फोनहरुमा प्रतिबन्धको माग गरेको छ । टेक कम्पनीहरु कुलप्याड र साओमीबीचको विवाद निकै चरम अवस्थामा पुगिरहँदा कुलप्याडले साओमीका स्मार्टफोनहरुमा पेटेन्ट अधिकारको दाबी गर्दै प्रतिबन्ध गर्न माग गरेको हो ।

यसअघि जनवरीमा यो विवादको विषय बाहिर आएको र सो विषय सेलाएको भएपनि कुलप्याडको सब्सीडरी कम्पनी युलोंग कम्प्यूटर टेक्नोलोजीले चीनको सेनझेनमा साओमी विरुद्ध मुद्धा दायर गरेको छ ।

कुलप्याडले साओमीले गत जनवरीमा नै अनधिकृत प्रयोगको बारेमा सचेत गराएको दाबी गरिएको छ । यसका साथै कुलप्याडको वौद्धिक सम्पत्तीको साओमीले अनधिकृत प्रयोग गरेर निरन्तर स्मार्टफोनहरु उत्पादन गरिरहेको आरोप लगाएको छ ।

कुलप्याडले साओमीका केहि डिभाइसहरुमा पनि प्रतिबन्धको माग गर्दै मुद्धा हालेको हो । ती स्मार्टफोनहरुमा प्रयोग भएका पेटेन्टहरु कुलप्याडको भएको बताईएको छ । प्रतिबन्ध लगाउनुपर्ने स्मार्टफोनहरुमा एमआई मिक्स, रेडमी नोट फोर एक्स, एमआई सिक्स, एमआई म्याक्स २, एमआई नोट ३, रेडमी नोट ५, रेडमी ५ प्लस र एमआई ५एक्स रहेका छन् ।

यसका साथै कुलप्याडले साओमीबाट आर्थिक नोक्सानी बापतको क्षतिपूर्तिको समेत माग गरेको छ । विशेषगरि साओमीले कुलप्याडको कल रेकर्डिंग इन्टरफेस सिस्टमको पेटेन्टको उलंघन गरेको रिपोर्टमा उल्लेख छ।

अदातलमा दायर भएको मुद्धापछि साओमीले अदालतको नोटिस पाउन सक्ने रिपोर्टहरु बाहिर आएका छन । साओमीले करिब १० विलियन अमेरिकी डलरको आईपीओ जारी गर्ने समय नजिक हुँदै गर्दा यो मुद्धा दायर भएको हो ।

माध्यम

Global Bank
easy care

प्रकाशित: ३० बैशाख २०७५, आईतवार