वानप्लस सिक्स आगामी साता सार्वजनिक हुने, यस्तो छ विशेषताहरु

Technology Khabar २५ बैशाख २०७५, मंगलवार

वानप्लस सिक्स आगामी साता सार्वजनिक हुने, यस्तो छ विशेषताहरु

काठमाडौं ।

काठमाडौं । वानप्लसको नयाँ स्मार्टफोन वानप्लस सिक्स (Oneplus 6) आगामी साता सार्वजनिक हुँदैछ । कम्पनीले विश्व बजारमा लन्च गर्नुभन्दा पहिले नै यसको बारेमा कयौं फीचरहरुको जानकारी दिएको छ ।

हालै वानप्लसका ब्राण्ड एम्बेस्डर बलिउड कलाकार अमिताभ बच्चनले आफ्नो ट्विटर एकाउन्टमा वानप्लस सिक्सको तस्विर राखेका छन् । जसमा वानप्लस सिक्सको नयाँ फोन चलाउँदै गरेको देखिन्छ ।

अमिताभ बच्चनका साथमा वानप्लसका सिईओ पेटे लिउले वानप्लस सिक्सको ब्ल्याक र ह्वाईट कलर भेरिएन्ट प्रयोग गरेको देखिन्छ ।
यसका साथै कम्पनीले भारतबाट विश्व बजारमा फोन सार्वजनिक गर्ने कार्यक्रमको बारेमा जानकारी समेत दिएका छन् ।

तस्विर हेर्दा वानप्लस सिक्समा ड्यूल क्यामरा भर्टिकल देखिन्छ भने ठिक त्यसको मुनि एलईडी फ्ल्याश राखिएको छ । यसका साथमा फिंगरप्रिन्टको ठिक तल वानप्लसको लोगो रहेको छ ।

यसको ब्याक कभर ग्लासको बनेको देखिन्छ, कम्पनीले यसअघि नै वानप्लस सिक्समा ग्लास ब्याकका साथ आउने जानकारी दिएको थियो । जसले गर्दा यो फोनमा वायरलेस चार्जिंग प्रविधि भएको अनुमान गर्न सकिन्छ ।

यस्तो छ विशेषताहरु

वानप्लस सिक्समा आउने नयाँ फीचरहरुको बारेमा कम्पनीले पहिलेदेखि नै जानकारी दिँदै आएको छ । यो डिभाइसमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट हुनेछ भने ६ जीबी र्याम तथा ६४ जीबी स्टोरेज हुनेछ । यसका साथै अर्को ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेजको संस्करण पनि आउने छ ।

एन्ड्रोयड ओरियो ८.१ का साथमा आउने वानप्लस स्मार्टफोनमा १६ मेगापिक्सेल प्लस २० मेगापिक्सेलको ड्यूल रियर क्यामरा हुने छ ।

यो स्मार्टफोन भारतीय बजारमा अमेजन इण्डियामा एक्सक्लूसिभ बिक्री गरिनेछ भने प्राइम मेम्बरहरुका लागि यो डिभाइस मई २१ तारिखदेखि उपलब्ध हुनेछ ।

यो फोनको भारतीय बजारमा कति मुल्य हुनेछ भन्ने समेत अनुमानहरु आएका छन् । यसमा ६४ जीबीको करिब ३७ हजार भारु तथा १२८ जीबीको करिब ४० हजार भारुको हाराहारीमा हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा पनि यो फोन अाउनेछ तर कहिले अाउने भन्ने कुनै जानकारी छैन् । नेपालमा अाइहब प्रालीले वानप्लसका फोनहरु बिक्री गर्दै आएको छ ।

अमिताभले सो वानप्लस सिक्सको फोटो भएको ट्विट डिलिट गरेर अहिले भने वानप्लसका सिईओ पेटे लिउसँगको फोटो मात्र शेयर गरेका छन् ।

Global Bank
easy care

प्रकाशित: २५ बैशाख २०७५, मंगलवार