माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

Technology Khabar १० बैशाख २०७५, सोमबार

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गरे । सो सम्झौतासंगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे बैंक पहिलो बैंक भएको छ ।

युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्की स्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो र यसको टर्कीमा मात्र ४,७०० भन्दा बढी ग्राहक सेवा केन्द्र रहेका छन् । गा्रहकको सन्तुष्टि र ग्राहक सेवामा समर्पित भएको हुँदा युनिभर्सल पेमेन्ट ट्रान्सफर विश्वभरी नै पैसा पठाउन धेरै मानिसहरुको रोजाइमासमेत रहेको जनाएको छ ।

यो सम्झौतासंगै टर्कीमा कार्यरत करिब १२,००० नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १० बैशाख २०७५, सोमबार

ताजा समाचार