जियोनीका नयाँ स्मार्टफोनहरु सार्वजनिक हुँदै, नयाँ फीचरसहित अाउने

Technology Khabar ९ बैशाख २०७५, आईतवार

जियोनीका नयाँ स्मार्टफोनहरु सार्वजनिक हुँदै, नयाँ फीचरसहित अाउने

काठमाडौं ।

काठमाडौं । जियोनीले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ रेन्जका स्मार्टफोनहरु विश्व बजारमा ल्याउने भएको हो ।

चिनियाँ स्मार्टफोन कम्पनी जियोनीले भारतीय बजारलाई ध्यानमा राखेर नयाँ फोनहरु ल्याउन लागेको हो जुन बजेट स्मार्टफोन र मिड रेन्जको स्मार्टफोनको रुपमा आउने छ ।

विगत वर्षदेखि निकै समस्यामा परेको जियोनीले चीनसहित अन्य बजारमा पनि नयाँ उत्पादन ल्याउन नसक्दा बजार गुमाउँदै गएको थियो । कम्पनीले आर्थिक संकट परेको भन्दै चीनको आफ्नो कम्पनीबाट हजारौं कर्मचारीहरु कटौती गरेको थियो ।

कम्पनीले अहिले भने भारतीय बजारमा अझै रहने संकेत दिएको छ । जियोनी इण्डियाका ग्लोबल सेल्स डाइरेक्टर डेभिड चांगले कम्पनी भारतीय बजारमा अझै रहने बताए । उनले चीनियाँ मिडियाले दिएको वित्तीय समस्याहरुको समाचारलाई पनि नकारेका छन् ।

जियोनीले भारतीय बजारमा भारु ९ हजार देखि १५ हजार भारुको बीचमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्नेछ । केहि समयअघि जियोनीले चीनमा एकैपटक ६ नयाँ फोनहरु सार्वजनिक गरेको थियो र त्यहि मध्ये केहि भारतमा आउने अनुमान गरिएको छ ।

जियोनीले यहि अप्रिल २६ तारिखमा नै नयाँ रेन्जका फोनहरु सार्वजनिक गर्नेछ जसमा फूल भ्यू डिस्प्ले प्रमुख विशेषता हुनेछ ।

जियोनीले भारतीय बजारमा सन २०१७ मा केबल २.२ प्रतिशतको बजार हिस्सा ओगटेको रिपोर्टहरुमा उल्लेख छ ।

भारतीय बजारमा सार्वजनिक हुने जियोनीका नयाँ स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध हुन्छ की हुँदैन भन्ने बारेमा केहि जानकारी छैन् ।

माध्यम

Global Bank
easy care

प्रकाशित: ९ बैशाख २०७५, आईतवार

ताजा समाचार