रियल टाइममा खाता खोल्न मिल्ने माछापुच्छ्रे बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा

Technology Khabar २ बैशाख २०७५, आईतवार

रियल टाइममा खाता खोल्न मिल्ने माछापुच्छ्रे बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंकले बाँके, बर्दिया र कास्कीमा ३ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले बाँकेको बैजनाथ गाउँपालिका–५, बनकटुवा र बर्दियाको वासगढि नगरपालिका–१, बबई साथै कास्कीको माछापुच्छ्र‍े गाउँपालिका वडा नं–७, धम्पुस गरी ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा बाँके र बर्दियामा २ शाखा रहित बैंकिङ्ग सेवा सुचारु गरेको हो । योसहित माछापुच्छ्रे बैंकको हालसम्म १८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित सो शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको जानकारी दिएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २ बैशाख २०७५, आईतवार