नबिल इन्भेष्टमेन्ट बैंकको मोबाइल एप ‘नबिल इन्भेष्ट’ सार्वजनिक

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकले अत्याधुनिक नबिल इन्भेष्ट एप सार्वजनिक गरेको छ। सो एप हाल प्ले स्टोरमा मात्र उपलब्ध रहेको र आइओएसमा पनि चाँडै आउने बैंकले जनाएको छ।

सो मोबाइल एपबाट नबिल इन्भेष्टमेन्टको डि-म्याट खाता, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस् (पिएम्एस्), सामुहिक लगानी कोष, शेयर बाँडफाँड, शेयर बजार, तथा समसामयिक सुचनाहरु जहाँबाट पनि सजिलै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।

बैंककाअनुसार मोबाइल एपमार्फत डि-म्याट खाता तथा पिएम्एसको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सकिन्छ।

बैंकले छिटै एप मार्फत डि-म्याट खाता खोल्न सक्ने तथा अनलाइन पेमेन्ट गर्न सक्ने जस्ता अत्याधुनिक सुविधाहरूसंचालन गर्ने योजना अगाडि सारेको जनाएको छ।

Leave a Reply