नयाँ वर्षमा दराजको ‘नेपालीपन’ योजना, सामान किन्दा ८१ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाली अनलाइन मार्केट प्लेस दराज डटकम डट एनपी(www.daraz.com.np/) ले नयाँ वर्षको उपलक्ष्यमा नेपालीपन नामको छुट योजना सुरु गरेको छ । अनलाइन मार्केट प्लेसबाट सामान खरिद गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दराजले नेपाली उत्पादनको खरिदमा ८१ प्रतिशतसम्मको छुट दिने योजना ल्याएको हो ।

अनलाइन माध्यमबाट वस्तु तथा उत्पादनको बिक्री बितरणमा नेपालकै अग्रणी मार्केट प्लेस दराजले ‘स्वदेशी सामानमा रमाऔं, नयाँ वर्ष मनाऔं’ भन्ने नाराका साथ ५ दिने छुट योजना सञ्चालन गरेको हो ।

बैशाख १ देखि ५ गतेसम्म सञ्चालन हुने छुट योजना अन्तरगत दराज डटकम डट एनपीबाट अधिक सस्तो मूल्यमा नेपाली उत्पादन खरिद गर्न पाइनेछ । लत्ता कपडा, व्याग, जुत्ता चप्पल लगायतका नेपाली उत्पादनको खरिदमा दराजले ८१ प्रतिशतसम्मको छुट दिने जानकारी दिएको छ ।

नेपाली ब्राण्डहरु गोल्ड स्टार, कपास, सोनाम गियर, सबा नेपाल, शिखर, क्यालिबर लगायतका नेपाली ब्राण्डका उत्पादनको खरिदमा उल्लेखित छुट उपलब्ध हुनेछ । छुट योजना सुरु भए पछिका पहिलो २ सय जनाले कम्तीमा १ हजार रुपैंयाको सामान खरिद गर्दा २५० रुपैंया थप छुट पाउने छन् । यसका लागि दराजको अनलाइन मार्केट प्लेसबाट सामान खरिद गर्दा EARLY250 भौचर कोड प्रयोग गर्नु पर्ने हुन्छ ।

त्यसै गरी बैशाख २ देखि ५ गतेसम्म कम्तीमा २ हजार रुपैंयाको सामान खरिद गर्नेहरुले EARLY250 भौचर कोड प्रयोग गरी २५० रुपैंया छुट पाउने छन् ।

नेपालका १९ प्रमुख शहरहरुमा सेवा प्रदान गर्दै आएको दराजले वस्तु तथा सेवाका खरिदकर्ता र बिक्रीकर्ताको भेट गराउने गरेको छ । मार्केट प्लेसबाट खरिद गरेको सामान चित्त नबुझेको खण्डमा एक सातासम्ममा फिर्ता गर्न सकिने व्यवस्था दराजले गरेको छ ।

बनेपा र धनगढीमा पनि आफ्नो सेवा सुरु गरेको दराज डट कम डट एनपीको दराज नामको मोबाइल एप्लिकेशनबाट पनि सामान किन्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply