यस्तो छ एप्पलको आइफोन ८ सिरिजको रेड भेरिएन्ट

Technology Khabar २७ चैत्र २०७४, मंगलवार

यस्तो छ एप्पलको आइफोन ८ सिरिजको रेड भेरिएन्ट

काठमाडौं ।

काठमाडौं । एप्पलले आइफोन ८ तथा ८ प्लसको स्पेशल रेड भेरिएन्ट सार्वजनिक गरेको छ । कम्पनीले यसअघि आइफोन सेभेनको मोडलको पनि स्पेशल एडिसन ल्याएको थियो ।

कम्पनीले लन्च गरेको आइफोन रेड भेरिएन्टको बिक्रीबाट आएको निश्चित अंश च्यारिटीमा दान गर्ने बताएको छ । कम्पनीले आइफोन ८ तथा आइफोन ८ प्लसको रेड भेरिएन्टको फ्रन्ट ब्ल्याक प्यानल लिएको छ ।

ब्ल्याक बेजेलमा आइफोन ८ तथा आइफोन ८ प्लसको रेड भेरिएन्ट निकै आकर्षक देखिएको कम्पनीले उल्लेख गरेको छ ।

यसअघि आइफोन ८ सिरिज स्पेस ग्रे, सिल्भर तथा गोल्ड कलर अप्सनमा उपलब्ध थियो । कम्पनीले ल्याएको रेड भेरिएन्टको प्री अर्डरको लागि अमेरिकामा बुकिंग शुरु गरेको छ ।

कम्पनीले आइफोन ८ को रेड भेरिएन्टको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन् । रेड आइफोन ८ को शुरुवाती मूल्य ६४ जीबीको लागि ६९९ अमेरिकी डलर छ भने आइफोन प्लसको ६४ जीबीको मूल्य ७९९ अमेरिकी डलर तोकिएको छ ।

यसका साथमा एप्पलले आइफोन एक्सको लागि लेदर फोलियो (कभर) पनि सार्वजनिक गरेको छ। सो लेदर फोलियो एप्पलको आधिकारिक रिसेलर्सहरुमा मात्र उपलब्ध हुने बताईएको छ।

एप्पल आइफोन ८ मा १२ मेगापिक्सेलको अपडेटेड आइसाइट क्यामरा छ भने आइफोन ८ प्लसमा टूएक्स अप्टिक जूम तथा पोर्टेट लाइटिंग फीचर सहितको ड्यूल १२ मेगापिक्सेलको क्यामरा उपलब्ध छ ।

एप्पल आइफोन ८ सिरिजको रेड एडिसन नेपाली बजारमा पनि उपलब्ध हुने सक्ने संभावना रहेको छ। यसअघि नेपाली बजारमा एप्पलले आइफोन ७ सिरिजको रेड एडिसन सार्वजनिक गरिसकेको छ ।

नेपाली बजारमा आइफोन जेननेक्स्ट कम्यूनिकेसन्स प्रालिले बितरण गर्दै आएको छ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २७ चैत्र २०७४, मंगलवार

ताजा समाचार