नेपाल टेलिकमका प्रिपेड सेवाग्राहीले शुक्रबारदेखि बिना ब्याज ऋण पाउने

Technology Khabar १५ चैत्र २०७४, बिहीबार

नेपाल टेलिकमका प्रिपेड सेवाग्राहीले शुक्रबारदेखि बिना ब्याज ऋण पाउने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल फोन ग्राहकहरुलाई शुक्रबारदेखि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबारदेखि प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउने नमस्ते क्रेडिट सेवा शुरु गर्न लागेको हो ।

टेलिकमले माघ २२ गते चौधौं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’को सफ्ट लञ्च गरेको भएपनि सेवा शुरु गर्न समय लाग्ने जानकारी दिएको थियो । अब भने शुक्रबारदेखि ग्राहकहरुले सो सेवा उपयोग गर्न पाउने भएका हुन् ।

सो सेवा शुरु भएपछि टेलिकमको प्रिपेड मोबाइल उपयोग गर्नेहरुले फोनमा ब्यालेन्स सकिएर फोन काटिने हैरानीबाट छुट्कारा पाउनेछन् । टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वत पैसा राखिदिनेछ। उपभोक्ताले रिचार्ज गरेपछि सो रकम स्वतः काटिने छ तर सेवा शुल्क भने लाग्ने छैन् ।

शुक्रबार बिहान सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुरु भएको घोषणा गर्नेछन् ।

कम्पनीले प्रिपेड ग्राहकहरुका लागि सो सेवा शुरु गर्ने भएपनि अन्य नयाँ सेवाहरुको बारेमा समेत जानकारी दिने गर्ने टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

कम्पनीले यसको व्यावसायिक सुरुवात एक महिनाभित्र गर्ने त्यसबेला बताएपनि करिब २ महिनामा मात्र यो सेवा शुरु गर्न लागेको हो।

easy care

प्रकाशित: १५ चैत्र २०७४, बिहीबार